- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरगणेश सामुदायिक वनको साधारणसभा

गणेश सामुदायिक वनको साधारणसभा

- Advertisement -spot_img

तुलसीपुर, १४ असोज । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ मा रहेको गणेश सामुदायिक वन उपभोक्ता समूहको २५औँ साधारण सभा भएको छ । गणेश सामुदायिक वनका अध्यक्ष पुनाराम भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपाालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं तुलसीपुर–७ का वडा अध्यक्ष टोप बहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घनश्याम पाण्डेले वन वातावरणलाई आफ्नो सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने बताएका छन् । गणेश सामुदायिक वन र गणेश पार्क क्षेत्रलाई सदैव संरक्षण गर्नुपर्ने भन्दै उनले वन क्षेत्रको व्यवस्थापनमा लाग्न आम उपभोक्ताहरुलाई आग्रह गरे ।
सामुदायिक वन र गणेश पार्कलाई पर्यटकीय बर्ष बनाउन २०२० सम्म १ लाख आन्तरिक पर्यटकलाई भित्र्याउने उद्देश्यले काम गर्नुपर्ने बताए । उनले उक्त क्षेत्रलाई पर्यटकसँग जोड्न र विकासका कामका लागि तुलसीपुर उपमहानगरले सधै सहयोग गर्ने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले वन वातावरणलाई कसरी जोगाई राख्ने, कसरी संरक्षण गर्ने ? भनेर नेतृत्वकर्ताको मात्र भूमिका नहुने भएकाले सबै वन उपभोक्ताको उत्तिकै भूमिका रहेकोले उपभोक्ता मिलेर वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा वनका सचिव भूमा शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कमलप्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका उपाध्यक्ष भागिराम भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा खिमानन्द खनाल, बालाराम रेग्मी, चिरञ्जीवि रिजाल, शिवराज सिंह ठकुरी, बसन्ता सापकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here