रमझम तिहार

तुलसीपुर, ११ कार्तिक । जताततै तिहारको रमझम छ । घरआँगन, गाउँ, सहर–बजार यत्रतत्र तिहार ढपक्कै छ । दसँै सकिए लगत्तै गाउँ, सहरमा तिहारको रौनकता बढिरहेको थियो । तिहार सुरू हुँदै गर्दा त्यो पूर्णता भएको छ । हिन्दू नेपालीहरूले दोस्रो ठूलो चाडका रूपमा मनाउने तिहार अहिले बजारमा सामान किनबेच गर्नेहरूको भिड बाक्लिदै गएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल […]

Continue Reading

तिहारलाई मादल

तिहारमा खेलिने देउसी–भैलोको लागि तयार पारिएका मादल । तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्तीमा व्यवसायीक मादल उत्पादन गरिदै आएको छ । – तस्विरः प्रदेश टुडे  

Continue Reading

आचार्यको विद्यालयमा सहयोग

तुलीसपुर, ११ कार्तिक । तुलसीपुर उपमहानगरपालिका पूर्व नगरप्रमुख शंकरप्रसाद आचार्यले वीरेन्द्र मावि भ्य्रडहर सुनपुरलाई ६ लाख नगद सहयोग गरेका छन् । आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा विद्यालय खोल्न महत्वपूर्ण भूमिका खेलेको र आफ्नै परिवारको संरक्षणमा स्थापना भएको विद्यालयलाई एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरेका हुन् । आचार्यले आफ्ना बुवाआमाको सम्झनामा देव अम्बिका स्मृति छात्रवृत्ति […]

Continue Reading

शुभ तिहार

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार मध्यभागमा छ । सबै हिन्दूहरू अहिले तिहारको माहोलमा झुलिसकेका छन् । हिन्दू धर्मालम्बीहरू तिहारको मध्यभागमा रमाईरहेका छन् । तिहारलाई यमपञ्चक पनि भनिने गरिन्छ । तिहार विशेषगरी दीप र फूलको चाड हो । घर–घरमा दिपावली गरेर मनाइने यस चाडलाई पछिल्लो समय विकृतितर्फ लैजान थालिएको आलोचना पनि बढिरहेको छ । चाडपर्वहरू भनेका समाजका मूल्य मान्यता हुन् । यिनलाई विकृतितर्फ […]

Continue Reading

कुकुर यमराजको दूतमात्र होइन

हाम्रो समाजमा कुकुरलाई यमदूतका रूपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला लगाई दिएर सांस्कृतिक रूपले पूजा गर्ने प्रचलन छ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रूपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेकाले यस दिन कुकुरलाई पूजा गर्ने प्रचलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका […]

Continue Reading

ग्रेडर हाँक्ने अनिता

तुलसीपुर, ९ कार्तिक । भर्खरकी युवती गे्रडर मेसिन चलाउँदै छिन्, शुरूमा देख्ने त कसैले विश्वास गर्दैनन् तर काम गरेको हेर्दै जाँदा सबै अचम्मित हुन्छन् र विश्वास गर्छन् । बर्दिया गुलरिया नगरपालिका–३ ठाकुराद्वाराकी अनिता चौधरी उमेरले २१ मात्र पुगिन् उनी अहिले नेपालकै पहिलो ग्रेडर अपेरटर हुन् । एउटा नेपाली उखान छ खाने मुखलाई जुंगाले छेक्दैन् । अनिताले पनि यही उखानलाई […]

Continue Reading

सुरू भयो तिहार

दाङ, ९ कार्तिक । हिन्दुहरूको दोस्रो महान चाड यमपञ्चक अर्थात तिहार सुरू भएको छ । तिहार शुक्रबारदेखि नै सुरू भएको हो । शुक्रबार बेलुकी यमदीपदान सुरू गरेर यस वर्षको यमपञ्चक सुरू भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरू भए पनि काग तिहार कार्तिक ९ गते शनिबार आज परेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी […]

Continue Reading

बजारमा छ्याप्छ्याप्ती म्याद गएका सामान

तुलसीपुर, ९ कार्तिक । तिहार नजिकिदै गर्दा बजारमा म्याद गुज्रिएका सामानहरु छ्याप्छ्याप्ती भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले गरेको बजार अनुगमन यस्तो अवस्था देखिएको छ । तिहारलाई मध्यनजर गरेर अनुगमन बढाएको उपमहाहनगरको उपभोक्ता शाखाले जनाएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका–१८ र १९को विजौरी बजारमा गरिएको अनुगमनका क्रममा छ्याप्छ्याप्ती म्याद गएर, प्रयोग गर्न नमिल्ने सामानहरु बरामद गरिएको छ । विभिन्न पसलहरुमा म्याद […]

Continue Reading

परदेशबाट बहिनीलाई चिठी …

दीपा धिताल मेरी प्यारी बहिनी के छ तिम्रो, गाउँको अनि बा आमाको खबर सञ्चै त छौँ होला हैन ? हेर न तिम्रो दाजु आउँछु, आउँछु भन्दाभन्दै आउन नै नपाई भाका सारेको सा¥यै छ । दसैँमा आमा अगेनोमा बसेर छोरालाई टीका लगाउन नपाउँदा कति न्यास्रो मानेर मुटुमा गाठो पारेर आशैमा बसिन् होली । बाबा पिढीमा बसेर चाउरिएका गालाहरू […]

Continue Reading

केरा किसानको पीडा

कृषि कार्यालय, कृषिका प्राविधिकहरूले नै सिफारिस गरेर रोपिएका केराका बोट सुक्ने रोग देखिएको छ । व्यवसायीक रूपमा गएिको केरा त्यसमा पनि पसाउन सुरू भएको अवस्थामा रोग देखिनु पनि यहाँका किसानहरू चिन्तित भएका छन । परम्परागत खेती छोडेर व्यवसायीक केरा खेतीमा लागेका दाङ पवननगरका किसानहरूलाई अप्रत्यासित रूपमा केरामा देखिएको रोगले चिन्तित बनाएको हो । एक हप्तादेखि […]

Continue Reading