Thursday, March 28, 2024
Homeफिचरआजदेखि दसैँ सुरु

आजदेखि दसैँ सुरु

- Advertisement -spot_img

तुलसीपुर, १२ असोज । नेपालीहरुको महान चाड बडादसैँ आज आइतबारदेखि शुभारम्भ भएको छ । हिन्दुधर्मावलम्वीहरुले विशेष महत्वका साथ मनाउने यो पर्वको पहिलो दिन घर–घरमा जमरा राखी घटस्थापना गरी दसैँ भित्र्याउने धार्मिक प्रचलन रहेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने दसैँलाई नवरात्रीको रुपमा पनि मनाउने गरिन्छ  । नवरात्री सुरु भएको पहिलो दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको धार्मिक मान्यता रहेको छ ।
दसैँको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रूप माता शैलपुत्रीको पूजाआजा गर्ने गरिन्छ । हिमालय पर्वतकी छोरीका रूपमा प्रादूर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि, शान्ति र शक्ति प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ ।
धार्मिक मान्यता अनुसार दुर्गा माताले महिषासुरलाई पराजित गर्दै असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय प्राप्त गरेकाले यस पर्वलाई विजयादशमीको रूपमा मनाउने गरिएको छ ।
दसैँको पहिलो दिन घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आह्वान गर्दै पूजा आरम्भ गर्ने गरिन्छ ।
प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरूपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रह्माचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रूपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ । विशेषगरी दसैँ सुरु भएको सातौँ दिन फुलपाती, आठौँ दिन अष्टमी र नवरात्री र दशौँ दिनमा वडादशैको रूपमा धुमधामका साथ दुर्गा सप्तशती, चण्डी र भगवतीको स्तोत्र पाठ गरी दसैँ मनाउने गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here