Friday, April 26, 2024
Homeमुख्य खबरबालबालिकाहरुलाई पुस्तक सहयोग

बालबालिकाहरुलाई पुस्तक सहयोग

- Advertisement -spot_img

घोराही, १० असोज । घोराहीमा बालबालिकाहरुको शैक्षिक विकासका लागि पुस्तक वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र प्रजातन्त्र तथा विकास केन्द्रको साझेदारीमा पुस्तक प्रदान गरिएको हो । शुक्रबार सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको सशक्तिकरणका लागि शिक्षा सहयोग कार्यक्रमका अवसरमा ६५ हजार बराबरको पुस्तक सहयोग गरिएको हो ।
विद्यार्थीहरुलाई पुस्तक प्रदान गर्दै सामुदायिक सेवा केन्द्रका संस्थापक सदस्य यमला गौतम र कार्यक्रम संयोजक लक्ष्मी गुप्ताले सामुदायिक परियोजनाका माध्यमबाट विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले पुस्तक वितरण गरिएको बताए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक बसन्ता पौडेलले बालबालिकाहरुमा पढ्ने बानीको विकास हुन अत्यावश्यक भएको बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here