- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरगर्भपतनसम्बन्धी अन्तरक्रिया

गर्भपतनसम्बन्धी अन्तरक्रिया

- Advertisement -spot_img

घोराही, ११ असोज । पाँचौ सुरक्षित गर्भपतन दिवस मनाइएको छ । ‘अबको गन्तव्यः असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने मुल नारासहित मनाइएको हो ।
घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखाको सहयोगमा प्रजनन् उमेरका महिला सरोकारवाला सेवा प्रदायक र पत्रकारहरुको सहभागितामा गर्भपतन बारेमा छलफल गरिएको थियो । छलफलमा पछिल्लो समयमा गर्भपतन गराउने संख्या बढदै गएको बताएका थिए ।
गर्भपतन कानुनी अधिकार दिएपनि त्यसको गलत तरिकाले प्रयोग गरिएको बताएका थिए । स्टाफ नर्स राधा पौडेलले असुरक्षत गर्भपतन बढ्दै गएको बताइन् । एक वर्षमा एकजना महिलाले ६ पटक पनि असुरक्षित गर्भपतन गराउने गरेको उनले बताइन् ।
‘स्वास्थ्य क्लिनिक संस्थामा असुरक्षित गर्भपतन गराउन किशोरीहरु, पटक–पटक गर्भपतन गराउन आएका महिलाहरु आउँछन्’ उनले भनिन् ‘यसले महिलाको स्वास्थ्य अवस्थामा निकै समस्या बढदै गएको बताइन् । महिलाहरु जथाभावी गर्भनिरोधक औषधीहरू पनि सेवन गर्ने गरेको उनले बताइन् । ‘शुरूमा गर्भ नरहोस् भन्नका लागि जथाभावी औषधी प्रयोग गर्छन्’ उनले भनिन् ‘त्यसपछि बाँझोपनको समस्या लिएर आउँछन् ।’
नेपाल परिवार नियोजन संघ दाङकी अध्यक्ष सरिता तामाङले प्रजनन् स्वास्थ्यमा महिलाको अधिकार भएपनि पुरुषको निर्णय चल्ने बताइन् । ‘एकजना महिला गर्भपतन गराउन नसक्ने अवस्था हुन्छ’ उनले भनिन् ‘श्रीमानकै दवावमा गर्भपतन गराउनुपर्ने बाध्यता रहेको बताइन् ।
परिवार नियोजनमा जिल्ला बाहिरमा दम्पत्तिहरु र भू्रण हत्या पहिचान गरेर गर्भपतन गराउन आउने गरेको उनले बताइन् । दिन प्रतिदिन असुरक्षित गर्भपतन बढ्दै गएको उनले बताइन् ।
गर्भपतनको वारेमा पुरुषहरुलाई सचेत गराउनुपर्ने अवस्था रहेको उनले बताइन् । महिला स्वास्थ्य प्रजनन्प्रति पुरुष गम्भीर नहँुदा समस्या बढ्दै गएको उनले बताइन ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिंग्देल न्यौपानेले किशोर किशोरीलाई नै यौन प्रजनन्को बारेमा सचेतना कार्यक्रमहरू गर्नुपर्ने बताइन् ।
घोराही उपमहानगरका स्वास्थ्य शाखा संयोजक खोपिराम चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि नरुलाल चौधरीले छलफलमा उठेको प्रजनन्सम्बन्धी समस्याहरुको पहिचान गरेर समाधानतर्फ लाग्नुपर्ने बताएका थिए ।
यौन शिक्षा र प्रजनन् स्वास्थ्यको सचेतनाको कमीका कारण समस्या बढ्दै गएको उनले बताए । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कुमार डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here