- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसंकटमा दृष्टिविहीनको पढ्ने थलो

संकटमा दृष्टिविहीनको पढ्ने थलो

- Advertisement -spot_img

सल्यान, १० असोज । सल्यानको शारदा नगरपालिका–१ मा रहेको शिवजन मावि शितलपाटीले सञ्चालन गरेको दृष्टिविहीन छात्रवास समयमै मर्मत र व्यवस्थित हुन नसक्दा दृष्टीविहीन विद्यार्थीलाई सकस हुन थालेको छ ।
दृष्टिविहीन विद्यार्थीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा आएको छात्रावास वि.सं २०७२ सालको भूकम्पको कारण जीर्ण बनेको छ । करिब १५ बर्ष अगाडि १४ लाख लागतमा निर्माण भएको उक्त भवनमा अहिले दृष्टिविहीन बालबालिकाहरुको पढ्ने र बस्ने ठाउँमा संकटमा छ ।
३० जना विद्यार्थीहरुका लागि पर्याप्त कोठाहरु भएपनि समयमै मर्मत हुन नसक्दा विद्यार्थीहरु कष्टकर जीवन गुजार्दै आएका छन् । कोठाहरुको उचितरुपमा ब्यवस्थापन हुन नसक्दा छात्रावासमा बस्दै आएका १९ जना विद्यार्थीहरुलाई समेत समस्या पर्दै आएको छ ।
राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न नीति तथा कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । विशेषगरी शारीरिक र मानसिक रुपमा अशक्त भएका व्यक्तिहरुको सहजताका लागि भौतिक, आर्थिक, सामाजिकलगायतका सेवा, सुविधामा अरबौँ रकम खर्चिएको भएपनि सल्यानका दृष्टिविहीनहरु भने त्यो सुविधाबाट बञ्चित भएका छन् । जिल्लामा जीर्ण अवस्थामा रहेको छात्रावास वर्षौसम्म पनि पुनर्निर्माण नहुँदा दृष्टिविहीनहरु समस्यामा परेका हुन् ।
भूकम्पका कारण भवन चर्किएका कारण विद्यार्थीहरु जोखिम खेप्दै बस्नुपर्ने बाध्यता रहेको छ । अपाङ्गता भएका बालबालिकाहरुका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने भएपनि यस विषयमा स्थानीय सरकार, प्रदेश र संघीय सरकार मौन बसेको छ । गत बर्ष नगरपालिकाले भवन मर्मतका लागि उपलब्ध गराएको तीन लाख बजेट अपुग भएपछि विद्यार्थीहरुको सुरक्षामा चुनौति थपिएको दृष्टिविहीनलाई पढाउँदै आएका शिक्षक तथा छात्रबास इन्चार्ज राजेश अर्यालको भनाई छ ।
उनले उपलब्ध भएको बजेट चुहिने भवनका लागि जस्तापाता लगाउन र वाल मर्मतमा सकिएको भताए । ‘जंगल नजिकै छात्रबास छ यसर्थ सुरक्षाको लागि भवनमा तारजाली लगाउनुपर्छ’ उनले भने ‘त्यत्ति मात्रै होइन छात्रावासका कोठाहरुका ढोका झ्यालहरुसमेत कमजोर छन् ।’
स्थानीय सरकारले दृष्टिविहीनहरुका लागि ध्यान दिन नसक्दा अहिले एउटै कोठामा १२ जनासम्म विद्यार्थीहरु सुत्ने गरेको उनले बताए । उक्त भवन भिरालो क्षेत्रमा भएकाले अशक्त बालबालिकाहरुका लागि पढ्न, बस्न र भित्र, बाहिर गर्नसमेत अप्ठ्यारो बन्दै गएको छ ।
छात्रावास सञ्चालन गर्दै आएको विद्यालयले आफ्नो बाह्य श्रोत केही नहँुदा त्यसको व्यवस्थापनमा समस्या भएको बताएको छ । विद्यालयमा अध्ययन गर्दै आएको १ हजार ८ सय ६४ विद्यार्थीलाई पढाउन अधिकांश शिक्षकहरु निजी श्रोतबाट परिचालन भएकाले छात्रावास सञ्चालन गर्न विद्यालय एक्लैले नसक्ने प्रधानाध्यापक हिरालाल नेपालीको भनाइ छ ।
सरकारले पनि दृष्टिविहीन विद्यार्थीको जिम्मा लिनुपर्ने भन्दै उनले विद्यार्थीहरुलाई प्रशासनिक र शैक्षिक सहयोग मात्रै गर्नसक्ने उनले बताए । दृष्टिविहीन विद्यार्थीहरुका लागि प्रतिव्यक्ति ४ हजार उपलब्ध गराउँदै आएको भएपनि त्यो रकम पर्याप्त नभएको उनी बताउँछन् ।
‘विद्यार्थीको लागि आउने ४ हजारले विद्यार्थीका लागि खाना नास्ता पुग्छ’ उनले भने ‘त्यसका साथै ब्रेललिपिका सामान खरिद गर्नुपर्छ ।’ जीर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य भएका दृष्टिविहीन बालबालिकाहरुले आफूहरुलाई सुरक्षित आवासको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here