- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरवडा कार्यालयको भवन उद्घाटन

वडा कार्यालयको भवन उद्घाटन

- Advertisement -spot_img

शान्तिनगर, १० असोज । शान्तिनगर गाउँपालिका वडा नं ६ को वडा कार्यालय उद्घाटन गरिएको छ । बिहीबार वडा नं ६ का वडा अध्यक्ष रवि बुढाथोकीको अध्यक्षता एवं पूर्व सिंचाई मन्त्री दिपक गिरीको प्रमुख अतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।
नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गिरीले स्थानीय क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने बताए । समग्र वडाको विकासका लागि सरकारले स्थानीय पालिकाहरुलाई सिंहदरबारका अधिकारहरु प्रदान गरेको बताउँदै उनले यसका लागि दत्तचित्त भएर लाग्न अनुरोधसमेत गरे ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद कृष्ण किशोर घिमिरे, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले पूर्वाधारको विकास भएमा मात्रै समग्र क्षेत्रको विकास गर्न सकिने बताए । यातायात, खानेपानी, सञ्चार स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाका गाउँपालिकाको विकासका लागि आफू निरन्तर लागिपर्ने गाउँपालिका अध्यक्ष डाँगीले बताए ।
भवन वडा नं ६ निवासी डिल्ली बहादुर घर्ती र उनकी श्रीमती डम्मर कुमारी घर्तीको जग्गामा निर्माण गरिएको छ । घर्ती दम्पत्तिले स्वर्गीय बुवा गंगा बहादुर घर्ती र स्वर्गीय आमा थलकुमारी घर्तीको सम्झनामा वडा कार्यालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here