- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयविकासमा नयाँ योजना

विकासमा नयाँ योजना

- Advertisement -spot_img

विकासका लागि भिन्न–भिन्न तरिका अपनाइन्छ । देश काल परिस्थिति अनुसार विकासका मोडल पनि फरक हुन्छन् । नेतृत्व अनुसार विकासका नीति र विधि पनि फरक–फरक नै हुन्छन् ।
पछिल्लो समय दाङका विभिन्न स्थानीय तहहरुले विकासका लागि आफ्नै तरिका र विधि खडा गर्दै आएका छन् । ती पालिकाहरुको विकासका लागि दातृ निकाय र सहयोगी निकायको पनि सहयोग र सहकार्य बढेको देखिन्छ ।
कति प्रत्यक्ष र कति अप्रत्यक्ष रुपमा । विकास समृद्धिको आधार हो । विकासका लागि सबैको सहयोग र भूमिका अनिवार्य हुन्छ । क्षेत्रको विकासका लागि आफूले मात्रै नसक्ने अवस्था भए अरुको सहयोग खोज्नु पनि पर्छ । कतिपय अवस्थामा योजना अनुसारको सहयोग पनि जुट्ने गर्छ । सरकारले नीति र योजना मात्रै बनाउन सक्ने हो भने पनि विकासलाई तिव्र रुपमा अघि बढाउन कसैले रोक्न सक्दैन ।
विकासका लागि गतिशीलता पनि आउँछ । तुलसीपुर उपमहानगरले नगरको विकासका लागि विकास प्राधिकरण गठन गरेसँगै दाङका तीन स्थानीय तहमा जर्मन सरकारको सहयोगमा विकास परियोजना सञ्चालन गर्ने गरी सुझाव संकलन गर्न थालिएको छ । यो दाङको लागि सकारात्मक छ ।
विकासका लागि आर्थिक पनि बलियो आवश्यक हुनुपर्छ । आफूसँगले मात्रै नपुग्ने अवस्थामा अन्य निकायसँगको सहयोग र सहकार्य पनि अघि बढाउन सक्नुपर्छ । त्यो समन्वय नेतृत्वकर्ताले नै गर्ने हो ।
स्थानीय सरकारहरुले त्यस्तो खालको नीति तयार गरेमा र आवश्यकता महसुस गरेमा दातृ निकायहरु पनि त्यसतर्फ मोडिन सक्छन् । सरकारी नीति र मोडेलमा आउने दातृ निकायलाई स्वागत गर्न सक्नुपर्छ ।
आफू अनुकूल जान खोज्नेलाई रोक्नु नि पर्छ । अहिले दाङका तीन स्थानीय तहमा आर्थिक विकासमा टेवा पु¥याउने गरी जर्मन सरकारले साहयोग गर्ने तयारी गर्नु राम्रो पक्ष हो । आर्थिक विकास परियोजनाको नाम दिएर कार्यक्रम सञ्चालन गर्न सुझाव लिइरहेको छ ।
स्थानीय तहको लागि यो फाइदा हुने कुरा नै हो । तर यसलाई दातृ निकायले आफू अनुकूल लिन खोजेमा भने नेपालका लागि त्यो हितकर हुँदैन । त्यसतर्फ भने सजक हुनुपर्छ ।
विकासमा सहकार्य र समन्वय महत्वूर्ण हुन्छ । स्थानीय तहमा सञ्चालन हुन लागेको विकास परियोजनाले पनि यो तथ्यलाई अघि सारेको छ । सरकारी, निजी र सहकारीसँग सहकार्य गरी आर्थिक विकास गर्ने घोषणा पनि परियोजनाले गरेको छ ।
तुलसीपुर, घोराही र लमही नगरमा सञ्चालन हुने विकास परियोजना पूर्णरुपमा स्थानीय सरकारको नीति अनुसार बढोस् । उपलब्धिमूलक बनोस् । आर्थिक विकासमा दिगो लक्ष्य प्राप्तीका यस्ता कार्यक्रमहरुले सहयोग अवश्य पनि पु¥याउने छन् । स्थानीय विकासमा तहगत रुपमा मात्रै भए पनि एकद्वार प्रणाली लागू हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here