- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरतीन पालिकामा विकास परियोजना

तीन पालिकामा विकास परियोजना

- Advertisement -spot_img

तुलसीपुर, ९ असोज । दाङका तीन स्थानीय तहमा आर्थिक विकास परियोजना लागू हुने भएको भएको छ । सरकारी, निजी र सहकारीसँग सहकार्य गरी उद्यम तथा व्यवसायको प्रवद्र्धन गरी स्थानीय तहलाई आर्थिक रुपमा सक्षम बनाउन आर्थिक विकास परियोजना सञ्चालन हुने भएको हो ।
जर्मन सरकार (जीआइजेट)को सहयोग तथा सम्बन्धित स्थानीय सरकारको लगानी तथा समन्वयमा आर्थिक विकास परियोजना सञ्चालन हुन लागेको जिआइजेटका उपप्रमुख तथा प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए ।
‘आर्थिक विकासमा दिगो लक्ष्य प्राप्तीका लागि स्थानीय तहमा आर्थिक विकास कार्यक्रम सञ्चालन हुन लागेको छ’ उनले भने ‘दाङका तीन स्थानीय तहसहित तीनवटा प्रदेशका ११ वटा नगर तथा उपमहानगरपालिकामा अहिले सन् २०२२ सम्मका लागि यो कार्यक्रम सञ्चालन हुन लागेको छ ।’
दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम सञ्चालन हुन लागेको हो । महिला, पिछडिएको समूह, गरिब तथा विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुने सल्लाहकार श्रेष्ठले बताए । ‘हामीले उत्पादनदेखि बजार प्रवद्र्धनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधिक सहयोग उपलब्ध गराउने छौँ, उनले भने ‘स्थानीय सरकारले व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नेछन् ।’
कार्यक्रममार्फत साना तथा मझौला उद्योगको प्रवद्र्धन, उद्यमशीलताको प्रवद्र्धन, लगानी प्रवद्र्धन, निर्यात प्रवद्र्धन, सिप प्रवद्र्धन, रोजगार प्रवद्र्धन र कृषि तथा व्यापारको प्रवद्र्धन हुने र आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सकिने सल्लाहकार श्रेष्ठले बताए । कार्यक्रम कार्यान्वयनका लागि सरकारी, निजी र सहकारीसँग समन्वय गरिने उनको भनाइ छ । जर्मन सरकारको सहयोगमा सञ्चालन हुन लागेको उक्त परियोजना सन् २०२२ सम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here