- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयसरकारको विरोधमा जागरण

सरकारको विरोधमा जागरण

- Advertisement -spot_img

नेपाली काँग्रेसले दोस्रो चरणको जनजागरण अभियान सकेको छ । काँग्रेसले दोस्रो चरणको जागरण सरकारी काम कारवाहीको खरो विरोध गर्दै सक्यो । वर्तमान सरकार र सत्ता सञ्चालनकर्ताको तिब्र आलोचना र विरोध गर्दै देशभर विरोधसभा नै सञ्चालन गरेर जागरण अभियान सकेको छ । जागरण अभियान काँग्रेस कार्यकर्ता जगाउनेभन्दा पनि सरकारको आलोचना बढी नै देखियो ।
दोस्रो चरणको जागरण सकिदै गर्दा पनि अन्तिम दिन सरकारकै विरोधमा र सरकारका गतिविधिका विरोधमा विरोध ¥याली र सभा आयोजना गर्नुले पनि विरोध र जागरणसँगै भएको देखिन्छ । काँग्रेस अहिले प्रतिपक्षको रुपमा रहेको छ ।
लामो समय सत्ता सञ्चालन गरेको काँग्रेस सत्ता बाहिर रहने अवस्था जनताले निर्वाचनबाट ल्याएपछि सञ्चालन भएको जागरण अभियान दोस्रो चरणसम्म आइपुग्दा सरकारका गतिविधिको विरोधसमेत भएको छ ।
अप्ठेरो परेको बेला जागरण भन्ने र सहज भए गुट–उपगुट तयार गरेर रमिता देखाउने काँग्रेसहरुलाई यो जागरणले सुधार्नु पर्छ र त्यस्ता सबैजनाहरु सुधारिनु पनि पर्छ । अहिलेसम्मको अवस्थामा जागरणले आचरण सुधार्नेमा भने शंका गर्ने भने धेरै आधारहरु छन् ।
जागरण अभियान सञ्चालन हुनुपर्छ । पार्टीहरुमा जनजागरण अभियान आवश्यक पनि छ । पार्टीको सुदृढीकरण, वर्तमान सरकारको गतिविधिको खबरदारी र पार्टीको सन्देश आम नागरिकसम्म पु¥याउन काँग्रेसको जागरणले मद्दत पु¥याउने तर्क काँग्रेस नेतृत्वले गर्दै आएको छ । जनजागरण गर्दै गर्दा काँग्रेस नेतृत्वले दिएको सन्देश पनि त्यहि नै देखिएको छ ।
जागरण अभियानले काँग्रेसको माहोल गाउँस्तरसम्म पुग्यो भन्ने विश्वास गर्न सकिन्छ । अभियानलाई व्यवस्थित बनाउँदै लगिए विचार पनि सबै सामू नपुग्ने कुरा नै भएन । तर आन्तरिक किचलोमा रहेका काँग्रेसमा दोस्रो चरणसम्मको अभियानले सार्थकतातर्फ रहेको होला त्यो आउँदो निर्वाचनले प्रष्ट देखाउने नै छ ।
संसदमा कमजोर रहेको काँग्रेस सरकार गतिविधिको बारेमा सडकमा आएर जनतामाझ विरोध गरिरहेको छ । दोस्रो चरणको समापन गर्दै सरकारप्रति नै काँग्रेस खनिएको प्रष्टरुपमा देखिन्छ ।
प्रतिपक्षको रुपमा देखिएको काँग्रेसलाई जनजागरण अभियानले माथि ल्याउँला या नल्याउँला त्यो पछिको विषय होला । तर जनतासँगको क्रियाशीलता र सम्पर्कले केही न केही फरक त परेकै छ ।
संसदमा दुई तिहाई सरकारका सामू निरिह बनेको काँग्रेस जनता माझमा जानु उसको बुद्धिमता हो । यो बुद्धिमतालाई सही रुपमा प्रयोग गर्ने सक्नुपर्छ ।
पार्टीभित्रकै गुट–उपगुट तथा आन्तरिक किचलोले पार्टीको एकै धारणा सार्वजनिक गर्न नसक्ने काँग्रेसले जनतामाझ पु¥याउने मुद्दामा पनि त्यो समस्या नआउन भन्न सकिदैन । तर गुटको अन्त्य गरेर पार्टीभित्रकै एकताको वातावरण निर्माण गरेर त्यही सन्देश जागरण अभियानमार्फत नागरिकसम्म पु¥याउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here