- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकाण्डैकाण्डको सरकारः काँग्रेस

काण्डैकाण्डको सरकारः काँग्रेस

- Advertisement -spot_img

घोराही, ८ असोज । पछिल्लो समय देशमा विभिन्न किसिमका राजनैतिक अराजकता बढ्दै गएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रसले दुईतिहाई सरकारको ज्यादती सहेर नबस्ने चेतावनी दिएको छ । देशको विकासकै नाममा देशको राजनीतिक मूलधारलाई मिचेर देशलाई बिगारेको काँग्रेसले ठहर गरेको छ ।
काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार दाङको घोराहीमा गरिएको सरकारविरुद्ध विरोध प्रदर्शनमा सहभागी काँग्रेस नेता, कार्यकर्ताले वर्तमान सरकार काण्डैकाण्डमा फसेको बताएका थिए ।
उनीहरुले सरकारको अन्याय र अत्याचारको विरुद्धमा आफूहरु कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । विरोधमा उत्रिएको काँग्रसेले दुई तिहाईको सरकार अधिनायकवाददेखि निर्मला हत्या प्रकरण लगायतका काण्डैकाण्डमा फसेको आरोप लगाएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले दुई तिहाईको सरकार हत्या, हिंसा, बलात्कार लगायतका काण्ड, सुनकाण्ड, वाइडबडी जस्ता काण्डै काण्डमा फसिरहेको आरोप लगाए ।
‘दुई तिहाई बहुमतको सरकार यस्ता काण्डमा फस्नु जायज होइन्, उनले भने ‘तर अहिले काण्डैकाण्डका कारण सरकार मात्रै हैन राज्यसमेत कमजोर हुँदै गएको छ ।’
राज्य व्यवस्था विरोधी तत्वहरु कम्युनिष्ट सरकारबाटै सल्बलाउन थालेको भन्दै गिरीले संविधान विपरीत ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे काँग्रेसले सशक्त प्रतिकार गर्ने बताए । नेपाली काँग्रेसभित्र एकता छैन भनेर भ्रम फैलाएर कमजोर बनाउन खेल भईरहेको छ, उनले भने ‘कम्युनिष्ट सरकारले आफ्नो भ्रम त्यागे हुन्छ, हामी पार्टीमा एक छौँ सबै एक हौँ ।’
सभामा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि मोहन बरालले पार्टीका सबै कार्यकर्ता र नेताहरु एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । पार्टीमा एकमत भएमा कसैले पनि हराउन नसक्ने भन्दै उनले एकतामा ख्याल गर्न पार्टीका कार्यकर्ताहरुलाई सुझाव थिए ।
सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम गरेको बताउँदै नेता उनले जनतालाई न्याय दिलाउने काम काँग्रेसले गर्ने बताए । ‘काँग्रेस नै कम्युनिस्ट शासनको विकल्प हो, उनले भने– ‘गरिव निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय अब काँग्रेसले नै दिलाउँछ ।’
एनसेल काण्डदेखि लिएर वाइडबडी काण्डमा वर्तमान सरकार फसेको भन्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कम्युनिष्ट सरकार चौतर्फि रुपमा डुबेको बताईन । ‘महंगी बढेको छ, कालोबजारी बढेको छ’ उनले भनिन् ‘जनतालाई करको भार लगाएको छ,
जसका कारण नागरिकहरुको दैनिकी सहज बनेको छैन, त्यसैले यो भ्रष्टचारी सरकार हो ।’ दुई तिहाईको सरकारले स्थायी राजधानी तोक्न नसक्नुको मुख्य कारणसमेत प्रष्ट्याउन सरकार समक्ष माग राखिन् । ‘सभामुख र मुख्यमन्त्री दाङबाट प्रतिनिधित्व गर्नुभएको छ, दुई तिहाई सरकार छ’ उनले प्रश्न गर्दै भनिन् ‘उहाँहरुले के हेरेर बस्नुभएको छ ?’
संविधान सभा सदस्य राजु खनाल, जागरण अभियानका प्रतिनिधि सुरेन्द्र हमाल, भुवनेश्वर चौधरी, ध्रुव पुरी, सुशीला शाह, उमा दाहाल, पूर्व सांसदहरु कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरीलगायतले नेपाली काँग्रेसका नीति र एजेण्डालाई आम नागरिकले आत्मसात् गर्नुपर्ने बताएका थिए भने सभाको सहजीकरण सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

पौडल दाङ आउने

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल दाङ आउने भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ हुने सभालाई सम्बोधन गर्नको लागि आउने भएका हुन् ।
सभामा उपस्थित हुनुको लागि दाङ क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमल प्रसाद गौतमले सबैमा अनुरोध गरेका छन् । सभामा उपस्थित हुनको लागि काँग्रेसका नेता, कार्यकर्ता, तथा शुभचिन्तक, भातृ संगठनलगायत सबैमा अनुरोध गरिएको छ ।
साथै दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न सहयोग गर्नुहुने नेपाली काँग्रेस केन्द्रीय प्रतिनिधि, नेपाली काँग्रेसका जिल्ला समिति, गाउँ इकाई समिति, एवं आम बुद्धिजीवि, तरुण दल, नेविसंघ, महिला संघ, अन्य भातृ संघसंस्था, नेपाली काँग्रेसका क्रियाशील सदस्य शुभेच्छुक विभिन्न सञ्चार माध्यमलाई नेपाली काँग्रेस क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमल गौतमले एक विज्ञप्ति निकालेर धन्यवाद दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here