- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeविचारमालिक र राज्यको व्यवहार परिवर्तन होस्

मालिक र राज्यको व्यवहार परिवर्तन होस्

- Advertisement -spot_img

विकासको विगुल फुक्दै राष्ट्र निर्माणमा समर्पित अपरेटरहरु तर राज्यले नै आफूहरुलाई उपेक्षा गरेको विभिन्न समयमा गुनासो आउने गरेको छ । ‘हिमाल, पहाड र तराई–नठानी कसैलाई पराई’ घाम र पानी नभनि राष्ट्रको विकास निर्माणमा जुटेका अपरेटरहरु जनतामा छाएको विकासको आशालाई पूरा गर्न लागेका छन् ।
आफ्नो ज्यानकै बाजी राखेर सडकदेखि पुल निर्माणसम्ममा जुटेका देशका सच्चा पहेरदार अपरेटरहरु पछिल्लो समय संगठित भएर अघि बढ्न थालेका छन् ।
आफ्ना पीडा र अधिकारको आवाजलाई प्रष्फुटित गर्नका लागि उनीहरु एक भएर कामहरु गर्न थालेका छन् । नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघमार्फत उनीहरु अहिले एकीकृत रुपमा संगठित भएका छन् । काम गर्दा हुने विभिन्न समस्यालाई सजिलै समाधान गर्न दाङसहित देशभरका अपरेटरहरु संगठित हुन थालेका हुन् ।
अधिकारका रक्षाका लागि एक भएर अघि बढेका अपरेटरहरुको प्रदेश नम्बर ५ को प्रथम भेला दाङको तुलसीपुरमा हुन गइरहेको छ । आज हामीले तुलसीपुरमा हुन गइरहेको प्रदेशस्तरीय भेला र अबको थप नया“ नीति अनुसार कसरी बढ्दै छ त अपरेटर संघ ? यिनै विषयमा केन्द्रित रहेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप । 


चन्द्र डाँगी
अध्यक्ष
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ, दाङ

छरिएर रहेका अपरेटरलाई एकतावद्ध गराई अधिकार रक्षाको यो महान अभियान चलिरहेको छ । त्यसकै लागि अहिले प्रदेश नम्बर ५ स्तरीय प्रथम भेलाको आयोजना गरेका हौँ । भव्य र सभ्यरुपमा यो प्रथम भेला सम्पन्न हुनेछ भन्ने सबैलाई विश्वास दिलाउन चाहन्छु ।
मुख्य कुरा त के छ भने यो गोलवद्ध हुने अभियानमा सबै अपरेटर साथीहरुलाई आउन आग्रह गर्दछु । हामी एकतावद्ध हुन नसकेकै कारण हामीले विभिन्न समस्या भोग्नुपरिरहेको छ । सबै साथीहरुलाई एकतावद्ध गराउने क्रममा प्रदेश नम्बर ५ मा आइपुगेका छौँ ।
प्रदेशका १२ जिल्लामा पनि थुप्रै अपरेटर साथी हुनुहुन्छ । समस्या समाधन गर्न सामूहिक रुपमा केही सहज पनि हुन्छ तसर्थ भए गरेका देखिएका समस्यालाई समाधानमा टेवा पु¥याउन हामीले हाम्रो नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघको परिकल्पना गरेका हौँ ।
आज हामीले प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेपछि केहि नयाँ थप निर्णय गर्नेछौँ । त्यो तपाई हामै्र हितकै लागि हुनेछन् । राज्यलाई महत्वपूर्ण योगदान दिने अपरेटरहरु आफै विभिन्न समस्यामा किन छन् त ? यो विषयमा गम्भीररुपमा छलफल हुनेछ र निष्कर्ष निकाल्ने छौँ ।
निष्कर्ष अपरेटरकै पक्षमा निकाल्ने छौँ । लाइसेन्स प्राप्त गर्ने समयदेखि लिएर काम गर्ने क्रममा भोग्नुपरेका समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अपरेटर संघ लागि रहेको छ ।

कुनै पनि साथीहरु काम गर्ने समयमा हुन सक्ने दुर्घटनापछि राज्यले विशेष सम्मानका साथ घाइते तथा मृत्यु भएका परिवारलाई रोजगारको ग्यारेन्टी गर्न सक्नुपर्छ र मात्रै विकासको गतिलाई बढाउने हामी अपरेटहरुको थप हौसला मिल्ने छ ।

अनि आजको महत्वपूर्ण भेलामा हाम्रा साथीहरु कोहि पनि काम गर्ने क्रममा घाइते, अपाङ्ग, अंगभंग हुनुभएको छ भने कतिपयको मृत्युसमेत भएको छ हामीले उहाँको परिवारलाई राहत उपलब्ध गराउने छौँ । हामीले दिएको सानो राहतले पनि केहि थप सहयोग पुग्नेछ ।
अपरेटरहरुका समस्या थुप्रै छन् तर पनि समस्या समाधानमा राज्य गम्भीर बन्न नसकिरहेको अवस्थामा अहिले हामी छरिएर रहेका साथीहरु एकतावद्ध हुनु जरुरी छ । फुटेर होइन जुटेर पक्कै पनि धेरै गर्न सकिन्छ । त्यसैले हामी आज गोलवद्ध हुनुको विकल्प छैन्
भनेर हामी लागेका छौँ । आज राष्ट्रमा जति पनि विकास निर्माणका काम भएका छन् ति विकास निर्माणलाई छिटोछरितो रुपमा सम्पन्न गर्नका लागि अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । घामपानी, दिनरात नभनी अहोरात्र खटेर विकास निर्माणका कामलाई गति दिइरहदा हाम्रो गति भने बढ्न नसकिरहेको अवस्था छ, अहिले पनि हामी न्यूनभन्दा न्यून पारिश्रमिकमा काम गर्न बाध्य छौँ ।
मालिकले हामीप्रति गर्ने व्यवहार सुध्रन सकेको छैन् । अहिले पनि विभिन्न साथीहरु सानो रकममा काम गर्न बाध्य भइरहदा हामीले उहाँहरुका समस्यालाई समाधान गर्ने कसरी भनेर लागेका छौँ ।
कुनै पनि साथीहरु काम गर्ने समयमा हुन सक्ने दुर्घटनापछि राज्यले विशेष सम्मानका साथ घाइते तथा मृत्यु भएका परिवारलाई रोजगारको ग्यारेन्टी गर्न सक्नुपर्छ र मात्रै विकासको गतिलाई बढाउने हामी अपरेटहरुको थप हौसला मिल्ने छ ।
हाम्रो फेरी पनि आग्रह छ, अपरेटरहरुको समस्यालाई समाधान गर्न राज्य गम्भीर बनोस् र मालिकको व्यवहार पनि परिवर्तन हुन जरुरी छ । यस गोलवद्ध हुने महाअभियानमा तपाईलाई सहभागिताको लागि अनुरोध गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here