Thursday, April 18, 2024
Homeमुख्य खबरतुलसीपुरमा मातृ मृत्युदर शुन्य

तुलसीपुरमा मातृ मृत्युदर शुन्य

- Advertisement -spot_img

तुलसीपुर, ७ असोज । तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्षमा मातृशिशु मृत्युदर शुन्यमा झरेको छ । स्वास्थ्य शाखाले गरेको सर्वेक्षणमा आर्थिक वर्ष ०७५/७६ मा कसैले पनि प्रसूतिका कारणले ज्यान गुमाएका छैनन् ।
एक वर्षमा नगरमा तीन हजार दुई ९७ जनाको सुत्केरी भएको जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए । उनले गत वर्षसम्म सरदर ३५ जनाले ज्यान गुमाउँदै आएका थिए । उनले घरमा सुत्करी हुने क्रम पनि शून्य नै भएको बताए ।
स्वास्थ्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार आर्थिक वर्षमा ०७४/७५ मा यसरी मृत्यु हुनेहरुमा प्रतिलाख ४५ जना रहेका थिए । तथ्याङ्क लिदा सुत्केरी भएदेखि ४५ दिनसम्मका महिलाहरुलाई लिने गरिएको पनि डा. दाहालले बताए ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुत्केरी भत्ता कार्यक्रमका कारणले गर्दा पनि मातृशिशु मृत्युदर शुन्यको अवस्थामा आएको डा. दाहालको भनाइ छ । ‘सुत्केरी लक्षित हाम्रा कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन भएका कारण नतिजा सकारात्मक आएको हो डा. दाहालको भनाइ छ ।
नेपालमा हरेक वर्ष प्रतिलाख २ सय ३९ जनाले अझै पनि ज्यान गुमाइरहेको केन्द्रीय तथ्याङ्क रहेको छ । यसैगरी नवजात शिशु मृत्यु प्रति १० हजारमा ०.८ मा झरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रति १० हजार १.७ मृत्युदर रहेको थियो ।
नेपालको मृत्युदरको अवस्था भने अझै पनि प्रति १० हजार २१ रहेको छ । हाम्रो स्वास्थ्यको अवस्था सुधारिदै गएको दाहालले बताए । उनले सुत्केरी प्रोत्साहन भत्ताका कारण सुत्केरीले नियमित आफू र बच्चाको चेकजाँच गर्ने हुँदा सकारात्मक नतिजा आएको बताए ।
उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहनअन्तर्गत न्यानो कपडा र पोषिलो खानाका लागि ५ हजार भत्ता दिदै आएको छ ।
यसैगरी उपमहानगरपालिकाको परिवार नियोजन तर ३३ प्रतिशतमा उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा यो दर २३ प्रतिशत रहेको थियो । नेपालभरको परिवार नियोजनको सूचकांक ५३ प्रतिशत रहेको छ ।
‘परिवार नियोजनको दरमा हामी पछाडि परेको भएपनि आगामी वर्ष राष्ट्रिय सूचकांकसँग भेटाउने छौ’ प्रमुख डा. दाहालले बताए । उनले पछिल्लो समय विभिन्न अस्थायी साधनको प्रयोगका कारणले गर्दा पनि परिवार नियोजन गर्नेको संख्या कम रहेको बताए ।
उपमहानगरपालिभित्र आर्थिक वर्ष ०७४÷७५ मा ८४ प्रतिशत खोप सेवा पुग्न सकेकोमा गत आर्थिक वर्षमा ९५ प्रतिशत बालबालिकाले खोप सेवा लिएको तथ्याङ्क रहेको छ । नेपालभरको तथ्याङ्क हेर्दा ९० प्रतिशत रहेको देखिन्छ ।
यसैगरी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेका संख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७४/७५ मा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेका संख्या ६९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा त्यो वृद्धि भएर ८५ प्रतिशतमा पुगेको छ ।
संस्थागत सुत्केरी बनाउने नेपालभरको सूचकांक ५७ प्रतिशत रहेको छ । सुत्केरी भत्ता पाउनका लागि अनिवार्य रुपमा संस्थामै सुत्केरी हुनुपर्ने उल्लेख गरिएकाले पनि यसरी संख्या उल्लेख्य वृद्धि भएको डा. दाहालको भनाइ छ ।
२.५ केजीभन्दा कम तौलमा बच्चा जन्मने प्रतिशतसमेत घटेर गएको छ । उनका अनुसार ०७४/७५ मा ९.७ प्रतिशत रहेकोमा यो वर्ष घटेर ७.५ प्रतिशतमा आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here