- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरविष्ट परिवारलाई सोलार सहयोग

विष्ट परिवारलाई सोलार सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ७ असोज । रूकुम मुसिकोट–१४ लोरिवाङको एक विपन्न परिवारलाई सोलार बत्ती सहयोग गरिएको छ । समाजसेवी टोप बहादुर महतराले कैदी जीवन विताई रहेको विपन्न छविलाल विष्टको परिवारलाई घरमै पुगेर सोलार सहयोग गरेका हुन् ।
महतराको अगुवाईमा लोरिवाङमा विष्टकी श्रीमती तिलसरा विष्टलाई घरमै पुगेर २० वाट क्षमताको सोलार सहयोग गरिएको हो । छविलाल विष्टका कैदीबन्दी रहेको र उनको परिवार विपन्न परिवार भएकाले सोलार सहयोग गरिएको महतराले बताए ।
नगरपालिकाभित्र नै विद्युत लाइन नपुग्दा बालबालिकालाई पढ्नसमेत समस्या भएको देखेर सोलार बत्ती सहयोग गरिएको महतराले बताए । पीडित सेवा संघको आर्थिक सहयोगमा १५ हजार बराबरको सोलार सहयोग गरिएको संघका जिल्ला संयोजक महतराले बताए ।
घरमा सोलार जडान भए पनि विष्ट परिवार खुशी भएको बताए । गाउँमा बत्तीको मुख देख्न पाइएको थिएन, अहिले सोलारको बत्ती देख्दा खुशी भएको तिलसराले सुनाइन । उनले यसले छोराछोरीको पढाइमा समेत सहयोग पुग्ने बताइन् ।
महतराले विगत केही वर्षदेखि कैदीबन्दीहरुको परिवार र छोराछोरीलाई सहयोग गर्दै आएका छन् । विष्टका छोराछोरीलाई पनि केही वर्षदेखि शैक्षिक छात्रवृत्ति दिदै आएको महतराले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here