- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरपद्मोदयमा पढाइ मेला

पद्मोदयमा पढाइ मेला

- Advertisement -spot_img

घोराही, ७ असोज । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुरमा पढाइ मेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा पढाइ मेला भएको हो ।
कार्यक्रममा विद्यालयका निमित प्रधानाध्यापक रामप्रसाद जैसी, विद्यालयका इजिआरपी शिक्षक मदन सुवेदी, कार्यक्रमका समुदाय परिचालन अधिकृत मोहन केसीलगायतले पढाइ कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
विद्यालयका प्राथमिक कोर्डिनेटर गोपाल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक निशान्त आचार्यले गरेका थिए । पढाइ मेलामा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीहरुबीच विभिन्न प्रतियोगिता गराइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here