- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरसुनवर्षामा ज्ञानमहायज्ञ हुने

सुनवर्षामा ज्ञानमहायज्ञ हुने

- Advertisement -spot_img

तुलसीपुर, ७ असोज । तुलसीपुर उपमहानगरपालिका–८ सुनवर्षा केवरनीमा श्रीमद्देवी भागवत पितृमोक्ष धनधान्याञ्चल नवा विराट ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । नवदुर्गा भगवतीको मूर्ति स्थापना र शिव मूर्तिसहित पुष्पबाटिका स्थापना गरी पर्यटकीयस्थल निर्माणार्थ महायज्ञ सञ्चालन हुने भएको हो ।
घटस्थापनाको दिन १२ गतेदेखि २० गतेसम्म ज्ञानमहायज्ञ सञ्चालन हुन लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक दिनानाथ भट्टराईले जानकारी दिए । ‘नवदुर्गा भगवती मन्दिरको स्थापना गरी पर्यटकीय स्थल निर्माण गर्नका लागि ज्ञानमहायज्ञको सञ्चालन गरिन लागेको छ’ उनले भने ‘दान संकलनमा सबैको साथ रहनेछ ।
महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी सञ्चालन हुन लागेको महायज्ञलाई सफल बनाउन आग्रह गरेको छ । नवदुर्गा देवी मन्दिरका अध्यक्ष खगेन्द्रराज बस्यालले महायज्ञको प्रचार–प्रसार गरी सहयोग पु¥याउन पत्रकार सम्मेलनमार्फत आग्रह गरे ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ज्ञानमहायज्ञ मूल आयोजक समितिका प्रचार संयोजक तुलसप्रसाद खरालले महायज्ञ सफल बनाउन प्रचार प्रसार तिब्रगतिमा भइरहेको बताए ।
महायज्ञबाट करिब १ करोड रकम संकलन गर्ने लक्ष्य रहेको मूल आयोजक समितिले जनाएको छ । महायज्ञको प्रमुख कथावाचकमा बालव्यास नारायण न्यौपाने रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here