- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसामुदायिक विद्यालयमा खाजाको व्यवस्था

सामुदायिक विद्यालयमा खाजाको व्यवस्था

- Advertisement -spot_img

घोराही, ७ असोज । घोराही उपमहानगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरुका बाल विकासदेखि कक्षा ५ सम्म खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि बालबालिकाले घरबाटै खाजा लिएर आउनुपर्ने र त्यसबाफत दैनिक १५ रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ ।
विद्यार्थी विद्यालयमा आएको र अनिवार्य रुपमा खाजा ल्याए मात्रै त्यसको रकम दिने निर्णय भएको घोराही उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
बार्षिक १ सय ८० दिनको खाजाको व्यवस्था गर्ने गरी नगरका ९८ सामुदायिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका बालबालिकालाई दैनिक १५ रुपैयाँका दरले रकम उपलब्ध हुनेछ ।
रकम बालबालिकाका आमाको नाममा भुक्तानी गरिने भएको छ । विद्यार्थीहरुलाई नियमित विद्यालय आउने, पढाइप्रति रूची बढाउने, शिक्षक र समुदायको सम्बन्ध प्रगाढ बनाउने र पोषिलो खाने कुराको ज्ञान दिने उद्देश्यले खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यसैबीच आइतबार नारायणपुरमा करिब ४६ विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा उक्त कुराको समेत उपमहानगरले जानकारी गराएको छ ।
शाखा अधिकृत नारायण पौडेलको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र सिद्धरत्न नाथ माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको विशिष्ठ आतिथ्यतामा बैठक बसेको हो ।
बैठकमा खाजा कार्यक्रमका बारेमा जानकारी दिदै नगर प्रमुख चौधरीले बाल विकासबाटै शैक्षिक गुणस्तरलाई राम्रो बनाउने गरी खट्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।
त्यसैगरी यस बर्षदेखि कक्षा ५ को परीक्षालाई नगरस्तरीय बनाउने निर्णय भएको छ । सम्बन्धित विद्यालयमै नमुना परीक्षा सञ्चालन गर्ने निर्णयका बारेमा प्रधानाध्यापकहरुलाई जानकारी दिइएको छ ।
यसैबीच विद्यालय सञ्चालनको जिम्मेवारीसहित शिक्षण सिकाइमा गुणस्तर ल्याउने, अन्य गतिविधिहरु सञ्चालन गर्नेलगायतका दर्जन बढी विषयमा प्रधानाध्यापकहरुलाई करार सम्झौता गराईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here