- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबर५० पुस्तकको अनुवाद

५० पुस्तकको अनुवाद

- Advertisement -spot_img

तुलसीपुर, ६ असोज । तुलसीपुरमा सञ्चालनन भएको दुई दिने पुस्तक अनुवाद कार्यक्रममा ५० पुस्तकको अनुवाद गरिएको छ । ५० बालसाहित्यका पुस्तकहरु थारु भाषामा अनुवाद गरिएको हो । चर्चित नेपाली तथा अंग्रेजी भाषामा रहेको बालसाहित्यका पुस्तकहरु थारुमा भाषामा अनुवाद गरेर बालबालिकाको सिकाइका लागि उत्पे्रणा दिइने छ ।
थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङ र बेस नेपालको अगुवाईमा थारु भाषामा साहित्य पुस्तक अनुवाद गरेर अभिलेखीकरणसमेत गरिएको छ ।
पहिलो चरणमा ५० पुस्तक अनुवाद गरिएको सहयोगी निकाय दि एशिया फाउण्डेनको कार्यक्रम अधिकृत समिरा राजभण्डारीले जानकारी दिइन । फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा मातृभाषामा अनुवाद गरी राखिएको राजभण्डारीले बताइन् । नेपालसहित विभिन्न देशहरुमा रहेका मातृभाषामा अनुवाद गरिदै आएकोमा पछिल्लो पटक थारु भाषामा अनुवाद गरिएको बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here