- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकेन्द्रिकृत सोचले सरकारमा समन्वय कमजोर

केन्द्रिकृत सोचले सरकारमा समन्वय कमजोर

- Advertisement -spot_img

घोराही ६ असोज । संघीयता कार्यान्वयनमा आए पनि केन्द्रिकृत सोच कायमै रहदा सरकारको बीचमा प्रभावकारी समन्वय नदेखिएको एक कार्यक्रमका बक्ताहरुले निष्कर्ष निकालेका छन् ।
डेमोक्रेसी रिसोर्स सेन्टरले संघीय संरचनामा प्रादेशिक निकायको स्थापना र कार्य सञ्चालनका बिषयमा आइतबार घोराहीमा गरेको छलफलमा वक्ताहरुले केन्द्रिकृत सोचले कार्य सञ्चालनमा समन्वय कमजोर देखिएको निष्कर्ष निकालेका हुन् ।
प्रदेश र स्थानीय तहमा आवश्यक भौतिक संरचना र जनशक्तिको व्यवस्थापन हुन नसक्दा कार्यसम्पादनमा चुनौती देखिएको रिसोर्स सेन्टरले अध्ययन रिपोर्ट पेश गरेको थियो ।
कार्यक्रममा प्रदेश सांसदसहित जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले जनप्रतिनिधि र कर्मचारीमा पनि केन्द्रिकृत सोच गडेर बसेको टिप्पणी गरेका छन् ।
स्थानीय सरकारमा जिल्लाका विषयगत कार्यालयहरु गए पनि विभिन्न बहानामा साविककै कार्यालयहरु राख्नु, एउटा जिल्लामा बसेर बहुजिल्ला हेर्ने अधिकार राख्नु तथा माथिल्लो तहको जनप्रतिनिधि र कर्मचारीमा केन्द्रकै सोच हावी हुनुले चुनौती थपिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here