Friday, March 29, 2024
Homeसमाजमावि अश्वारामा बाल कविता प्रतियोगिता

मावि अश्वारामा बाल कविता प्रतियोगिता

- Advertisement -spot_img

घोराही, ३१ भर्दौ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा मंगलबार बाल कविता प्रतियोगिता मावि अश्वारामा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले आफ्नी स्वर्गीय आमाको नाममा स्थापना गरेको निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि हरेक वर्ष दाङ जिल्लाका १४ वर्षमुनिका बालबालिकाहरुबीच गरिदै आएको यस वर्षको पहिलो चरणको यो लिखित कविता प्रतियोगिता मावि अश्वारामा गरिएको हो ।
प्रतियोगितामा जनप्रिय बोर्डिङ स्कूल बालापुरका रमेश चौधरी प्रथम, मावि अश्वाराका सन्तोषी चौधरी द्वितीय, मावि दोघरेका दिपन विक तृतीय भएका छन् भने जनप्रिय बोर्डिङ स्कूल बालापुरका अविना गिरी र मावि दोघरेका मञ्जु रोकाय सान्त्वना भए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अप्रतियोगी छात्रछात्राहरुले रचना बाचन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here