Tuesday, March 26, 2024
Homeसम्पादकीयविपन्नताले विखण्डन

विपन्नताले विखण्डन

- Advertisement -spot_img

जीवनशैली आफ्नै हुन्छ । आफूले प्रयोग गरेको जीवनशैली आफ्नो लागि राम्रो लाग्छ । प्रायः त्यो शैली सबै प्रयोग हुन पनि सक्छ । तर आवश्यकता अनुभव र कार्यले जीवनशैलीमा परिवर्तन आउनु स्वभाविक पनि हुन्छ । तर अरुको देखासिकीमा जीवनशैली र आफू स्वयम्लाई फेर्न खोज्नुले कदापि पनि राम्रो गर्दैन त्यो कार्य पनि राम्रो हैन ।
यसमा धेरैले आफू अनुकूल त्यस्ता व्यक्तिलाई डो¥याउन खोज्ने र दुरुपयोग गराउन सक्छन् । पछिल्लो समयमा विपन्नता र गरिबीलाई केन्द्रमा राखेर मानव तस्करी हुने र महिला बालबालिका हराउने तथ्यांक बढिरहेको छ । विपन्नताकै कारण महिलाहरु बढी सम्पर्कविहीन हुने र हराउने गरेको पाइएको छ । महिला बालबालिका हराउने प्रमुख कारण आर्थिक अवस्था कमजोर र विपन्नता नै रहेको पनि देखिन्छ । यो अवस्था आउनु दुखद् हो ।
कर्म गरेर जीवन बदल्नुपर्छ । कर्मको आधारमा परिवर्तनको आकांक्षा बढ्नु पनि पर्छ । कुलतमा पर्ने गरी आकांक्षा बढाउने तर कर्म नगर्ने हो भने त्यसले आफैलाई समस्यामा पार्ने हो ।
पारिवारिक विपन्नताका कारण महिलाहरु हराउँदै जान थाल्नुले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने देखाउँछ । यसमा सबै सजक हुने बेला पनि आएको छ ।
एक वर्षको अवधिमा प्रदेश नं. ५ मा २ हजार भन्दा बढी महिलाहरु विपन्नताकै करण गराएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा २ हजार ६ सय १३ जना महिलाहरु हराएको तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
यसमा केहि फेला पनि परेका छन् । तर विपन्नता र गरिबीकै कराणले हराउनै पर्ने अवस्था किन आउने । हाम्रो समाजमा आकांक्षा किन यति धेरै छ भन्ने विषयमा बुझ्नु आवश्यक पनि छ ।
प्रहरीले महिलाहरु पारिवारीक झै–झगडा, गरिबी, आर्थिक विपन्नताका कारणले परिवारबाट सम्पर्कविहीन हुने गरेको बताई रहदा यसभित्र लुकेका अन्य कारण पनि खोजिनु जरुरी छ ।
अहिलेको ठूलो समस्या पारिवारिक विचलन हो । पारिवारिक सम्बन्ध बलियो बनाएर विचलन हुन रोक्ने भूमिका परिवार आफैबाट सुरु हुनसकेमा यस्ता समस्या समाजमा देखिने छैनन् ।
विपन्नता देखाएर पारिवारिक विखण्डा ल्याइनुहँुदैन । त्यसतर्फ पनि सबै सहजक हुनैपर्छ । महिलाहरुमा देखिने ठूला आकांक्षा र पुरुपले पूरा नगरिने दिन हुँदा पनि केही समस्या पक्कै त्यसका कारण महत्व राखौं महत्वकांक्षी नबनांै र सभ्य समाजको निर्माण गरी आम नागरिक सुरक्षित हौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here