- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरयोग शिक्षकलाई तालिम

योग शिक्षकलाई तालिम

- Advertisement -spot_img

तुलसीपुर, ३१ भदौ । पतञ्जली योग समिति तुलसीपुरले नगरबाट सञ्चालित सहयोग शिक्षकलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षण तालिम सोमबारदेखि त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरमा सुरु भएको हो । पतञ्जली योग समिति तुलसीपुर नगर समितिका नगर प्रभारी प्रल्हाद शाहको अध्यक्षता तथा पतञ्जली योग समिति प्रदेश नं. ६ का महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा प्रशिक्षण तालिमको उद्घाटन गरिएको हो ।
प्रशिक्षण तालिमको उद्घाटनको अवसरमा सहभागीले योगबाट शारीरिक स्वस्थता र मानसिक सन्तुलनलगायत योग अभ्यास महत्वपूर्ण भएको बताए । कार्यक्रममा वरिष्ठ योग प्रशिक्षकमा तथा तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टोपबहादुर केसी रहेका छन् ।
पतञ्जली योग समिति दाङका संगठन विभाग प्रमुख बामदेव धिताल र जिल्ला सल्लाहकार धु्रब गौतम, युवा उपाध्यक्ष शम्भु गिरी र महिला संगठन मन्त्री जानका गैरे, नगर संयोजक टेकबहादुर खड्काले योगलाई गाउँ–गाउँमा फैलाउनुपर्ने बताए । महिला सचिव समीक्षा रिजालको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण नगर सदस्य दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here