- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरबढ्दो बालहिंसाका घटना

बढ्दो बालहिंसाका घटना

- Advertisement -spot_img

तुलसीपुर, ३१ भदौ । बालबालिकाको सवालमा राज्य तथा विभिन्न संघसंस्थाले चासो देखाए पनि बालहिंसाका घटना भने रोकिएका छैनन् । दाङसहित देशभरमा अहिले बालबालिका हत्या, बलात्कार, अपहरणजस्ता जघन्य अपराधमा पर्ने क्रम बढिरहेको छ ।
प्रहरीको तथ्यांक अनुसार दैनिकरुपमा बालबालिका विभिन्न हिंसामा पर्ने गरेका छन् । प्रदेश नम्बर ५ मा गत आर्थिक वर्षमा २ सय ९४ वटा बालहिंसाका घटना भएका छन् ।
प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज पोखरेलले प्रदेश नम्बर ५ मा सबैभन्दा बढी जबरजस्ती करणीका घटनामा भएको बताए । प्रदेश प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा १ सय ९६ वटा जबरजस्ती करणीका घटनामा बालिका हिंसामा परेका छन् । प्रदेश नम्बर ५ मा गतवर्ष ७१ वटा बालिका करणीका घटना घटेको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ५ मा बालविवाहसम्बन्धी २२ वटा र अप्राकृतिक मैथुनका ५ वटा मुद्दा प्रहरीमा आएको प्रवक्ता पोखरेलले जानकारी दिए । प्रदेशमा बर्षेनी बालबालिका हिंसामा पर्नेक्रम बढ्दै गएको उनको भनाई छ ।
‘बालबालिका हिंसामा पर्ने क्रम रोकिन सकेको छैन्, कतिपय बालबालिका आफन्तबाटै पीडित हुने गरेका छन् भने परिवारको रिसिइवी साध्न पनि कतिपय बालबालिका हत्या तथा अपहरणमा पर्ने गरेका छन्’
उनले भने । बालबालिकाहरु परिवारिक रिसिइवी र अन्धविश्वासका कारण निशानामा पर्ने गरेको मानवअधिकारकर्मी शुष्मा गिरीले बताइन् ।
बढ्दै गएको बाल हिंसाका घटना रोक्न स्वयम् अभिभावकसँगै सम्बन्धित निकाय सचेत बन्नुपर्ने उनको भनाई छ ।
बालिका बलात्कार, बालक अपहरणजस्ता घटना रोकिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बालअधिकारका सवालमा सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here