- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरआचार्यको ब्लड बैंकलाई सहयोग

आचार्यको ब्लड बैंकलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ३१ भदौ । नेपाल रेडक्रस सोेसाईटीले तुलसीपुरमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्र तुलसीपुरलाई तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिअहेव बसन्तकुमार आर्चायले सहयोग गरेका छन् ।
२५ वर्ष जागिरे सेवाअवधि पुगेको अवसर तथा आफ्ना पितृहरुको सम्झनामा रक्त सञ्चार केन्द्रलाई २५ हजार १ सय ११ सहयोग गरेको बताए । उनले त्यो रकमबाट केन्द्रमा आधुनिक फिल्टर जडान गरिएको बताए ।
आचार्यले आफ्ना हजुरबुवा, बुवा, श्रीमती र भाइको स्मृतिमा सहयोग गरेको बताए । आचार्यले आफू निरन्तर सामाजिक सेवामा लागि रहने बताए । रक्तसञ्चार केन्द्रलाई अझ प्रभावकारी बनाउन सहयोग गरेको उनको भनाइ थियो ।
सोमबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको हो । रेडक्रस सोसाईटीका जिल्ला सभापति नारायण आचार्यको अध्यक्षतामा तथा तुलसीपुर उपमहनागरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दाहालको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
स्वास्थ्य महाशाखा प्रमुख डा दाहालले आचार्यको सामाजिक कार्य नमुनायोग्य भएको बताए । उनले रक्तसञ्चार केन्द्रलाई व्यवस्थित गर्दै लैजानु सबैको जिम्मेवारी भएको बताए । यसका लागि सबै सकारात्मक सोच र सहयोगको आवश्यकता रहेको बताए ।
आचार्यले प्रदान गरेको रकमबाट रक्तसञ्चार केन्द्र तुलसीपुरले पानी शुद्धिकरण गर्ने फिल्टर खरिद गरेको छ । पानीको सुरक्षा गर्नु सबैभन्दा महत्वपुर्ण भएको भन्दै आचार्यले प्रदान गरेको उक्त रकमबाट फिल्टर खरिद गरेको जिल्ला सभापति नारायण आचार्यले बताए ।
सभापति आचार्यले २५ हजारभन्दा माथि सहयोग गर्ने दातालाई रेडक्रसको विशिष्ट सदस्यता र तुलसीपुरमा बन्न लागेको रक्तसञ्चार केन्द्रको नयाँ भवनमा शिलालेख लेखिने बताए ।
कार्यक्रममा उपमन्त्री विष्णु थापा, कोषाध्यक्ष कुशल तर्ताल, जिल्ला सदस्य शिव थापा लगायतले बोलेका थिए । रक्तसञ्चारको बारेमा रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपालेले जानकारी गराएका थिए भने सहजीकरण जिल्ला सदस्य भीमलाल मरासिनीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here