- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविद्यालयमा संस्कार र संस्कृति पाठ्यक्रम

विद्यालयमा संस्कार र संस्कृति पाठ्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, ३१ भदौ । विद्यार्थीमा असल संस्कार र संस्कृतिको विकास गर्न साँस्कृतिक ज्ञान परीक्षा नामक अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत तुलसीपुरका सामुदायिक विद्यालयमा संस्कृति र संस्कार नामक पाठ्यपुस्तक नै लागूगरी विद्यार्थीलाई संस्कार र संस्कृति विद्यार्थीलाई अध्यापन गराउनका लागि सोमबार तुलसीपुरमा छलफल एवं अन्तरक्रिया गरिएको छ ।
विद्यालयमा संस्कृति ज्ञान परीक्षा लागू गर्नका लागि अखिल विश्व गायत्री परिवार नेपालले तुलसीपुरका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिसँग सोमबार छलफल गरेको हो । गजेन्द्र गुप्ताको अध्यक्षता तथा कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा छलफल एवं अन्तरक्रिया भएको हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरभित्र सञ्चालित विद्यालयमा कक्षा ५ देखि १० सम्म संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्नका लागि उमहानगरको शिक्षा शाखाले समन्वय गर्ने कार्यबाहक नगरप्रमुख डाँगीले प्रतिवद्धता जनाए ।
‘ पाठ्यपुस्तक लागू गर्नका लागि शिक्षा महाशाखामार्फत सबै विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने प्रतिवद्धता गर्दुछ’ उनले भने ‘शिक्षासँगै असल संस्कारको विकास गर्न जरुरी छ, संस्कृति ज्ञान परीक्षाले असल संस्कार र संस्कृतिको विकास गरी सभ्य नागरिक उत्पादनमा सहयोग पुग्नेछ भन्ने विश्वास छ ।’
छलफलमा संस्कृति ज्ञान सचिव सावित्री काफ्ले विद्यार्थीले शिक्षा हासिल गरेर मात्र नहुने भन्दै सुसंस्कृत विद्यार्थी उत्पादनका लागि आफूहरु संस्कृति र संस्कार पाठ्यक्रम लागू गर्न अभियान थालेको बताइन् ।
विश्वका १ सय १६ देशमा यो पाठ्यक्रम लागू भइसकेको छ, नेपालमा पनि यसलाई व्यापक बनाउन सके सभ्य समाज निर्माण गर्न सकिन्छ । उनले भनिन् ‘राष्ट्र समृद्ध हुन व्यक्ति संस्कारी हुन आवश्यक छ, खराब शिक्षाकै कारण मानिसहरु खराब कुसंस्कृततर्फ अघि बढेको छ, त्यसैले आजै हामीले सुधार गर्न आवश्यक छ ।’
संस्कृति ज्ञान संयोजक सुशीलचन्द्र अधिकारीले संस्कृति र संस्कार हिन्दूधर्ममा मात्र नभई सबै धर्मसँग सम्बन्धित भएकाले धर्मसँग सम्बन्धित नभएको बताए । ‘हामी स्वार्थरहित अभियानमा छौँ, सभ्य समाज निर्माण गरी हामी सबैको दायित्व हो’ उनले भने ‘त्यसैले यस अभियानलाई विद्यालयस्तरबाटै लागू गर्नसके एउटा असल र सभ्य नागरिक उत्पादन गरि समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।’
गायत्री परिवार तुलसीपुरका सल्लाहकार टोपबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहित, छमा पराजुली, मोतिराम वली र तुलसीपुरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
छलफलले अक्टुबर १६ देखि १९ तारिखमा हुन भारतको हरिद्वारमा नेपाल राष्ट्रव्यापी शिक्षक विचार गोष्ठीमा सहभागिताका लागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई अनुरोध निर्णय गरेको छ । सहभागिताका लागि समन्वय गर्न गायत्री परिवार नेपाल दाङका कोषाध्यक्ष श्रीराम दहितलाई जिम्मेवारी दिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here