- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकपडा बैंकलाई रोट्रयाक्टको सहयोग

कपडा बैंकलाई रोट्रयाक्टको सहयोग

- Advertisement -spot_img

तुलसीपुर, भदौ ३० ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरले सोमबार कपडा बैंकलाई कपडा सहयोग गरेको छ । क्लवका अध्यक्ष नवीन राईको नेतृत्वको टोलीले तुलसिपुरमा सञ्चालन भैरहेको कपडा बैंकलाई दुई सय बढी कपडाहरु हस्तान्तरण गरेको हो । उक्त अवसरमा बोल्ने वक्ताहरुले गरिव र पैसा हालेर पनि कपडा किन्न नसक्ने अति विपन्न परिवारलाई कपडा बैंक सञ्चालन हुनुले केहीसम्म भएपनि राहत प्रदान गरेको बताएका छन् ।
उनीहरुले कपडा बैंकलाई घर–घरमा रहेका राम्रा र सफा कपडाहरु लगेर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले फुटकर तथा होलसेल ब्यवसायीहरुलाई पनि बैंकलाई कपडाहरु सहयोग गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसी, रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष देवेन्द्र केसी, सन्दिपन रिजाल, सचिन पौडेल, कपडा बैंकका सञ्चालकहरु ज्ञानबहादुर केसी, लक्ष्मण रेग्मी र वेदबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि तुलसीपुरको नयाँ बसपार्कबाट सञ्चालन भैरहेको कपडा बैंक हाल बेलुवास्थित कराते भवन नजिकैबाट सञ्चालन भैरहेको बैंकका सञ्चालक प्रकाश भट्टले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here