- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरअनाधिकृत उत्खनन् बढ्यो

अनाधिकृत उत्खनन् बढ्यो

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । दाङमा नदीजन्य वस्तु अवैध उत्खनन् र तस्करी बढेको छ । असार मसान्तदेखि रोकिएको नदी तथा खोलाहरुको नदीजन्य वस्तुको उत्खनन् अहिले अवैध रुपमा बढिरहेको छ ।
नदीजन्य वस्तुको चोरी निकासी र अवैध उत्खनन् बढेपछि दाङ प्रहरीले पनि सक्रियता देखाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर क्षेत्रका विभिन्न नदी तथा खोलाहरुमा अवैध रुपमा उत्खनन् भइरहेको भन्दै केही दिनको अन्तरमा १६ वडा टेक्टर नियन्त्रण लिएको र निगरानी पनि बढाएको बताएको छ ।
ईलाका प्रहरी प्रमुख हरिहरनाथ योगीले अहिलेको मुख्य चुनौती नदीजन्य वस्तुको उत्खनन् भएको बताए । उनले अवैध उत्खनन् रोक्न कारबाही अघि बढाएको बताए ।
अवैध उत्खनन्मा प्रयोग भएका टेक्टरहरु नियन्त्रणमा लिएको योगीले भने, प्रहरीले नियन्त्रण गरेर राजस्वका लागि जिल्ला समन्वय समिति उत्खनन् नदीजन्य पदार्थ अवैध उत्खनन् गरेको आरोपमा प्रहरीले टेक्टरलाई धमाधम पक्राउ गर्न थालेको छ ।
तुलसीपुर क्षेत्रका विभिन्न खोलाहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरको पातुखोला, ग्वारखोला, भमकेखोलालगायतका स्थानबाट अवैधरुपमा खोलाजन्य पदार्थ उत्खनन् गर्ने ती टेक्टरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी योगीले बताए ।
अवैध उत्खनन्का कारण राज्यलाई पनि घाटा हुने र वातावरणमा समेत प्रभाव पर्ने भएकाले यस्तो कार्य नगर्न उनले सबैमा आग्रहसमेत गरे । म आएको २८ दिन भयो यो अवधिमा २६ वटा मुद्दा दर्ता भएका छन् । २४ जना मान्छे पक्राउ गरिएको छ । अवैध उत्खनन् गर्ने सवारी साधनहरु नियन्त्रण भइरहेका छन् ।

शान्ति सुरक्षामा प्रतिवद्ध छु

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ प्रहरी प्रमुख आएका छन् । ईप्रकामा आएका प्रहरी प्रमुख हरिहरनाथ योगीले तुलसीपुर क्षेत्रको शान्ति सुरक्षामा आफू र आफ्नो संगठन प्रतिवद्ध रहेको बताए ।
आइतबार पत्रकारसँग अन्तरक्रिया गरेका योगीले तुलसीपुरमा लागूऔषध, नदीजन्य वस्तुको उत्खनन् र शान्ति सुरक्षा तथा जुवातास प्रमुख समस्या रहेको बताए ।
उनले यो समस्यालाई आफूले नजिकबाट बुझेको भन्दै त्यसमा कटिबद्ध भएर लाग्ने बताए । ‘हामी शान्ति सुरक्षाका लागि परेका छाँै । त्यो अनुभूति केही दिनमा नै स्थानीयलाई दिनेछौ’ उनले भने । योगीले चाडवर्प केन्द्रित सुरक्षा योजना बनाएर पनि काम गरिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here