Friday, April 19, 2024
Homeफिचरतुलसीपुरमा विकास प्राधिकरण

तुलसीपुरमा विकास प्राधिकरण

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । विकास निर्माणलाई प्रभावकारी र एकीकृत गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर विकास प्राधिकरण गठन गरिएको छ ।
उपमहानगरको नगर सभाबाट गठनका लागि स्विकृत पाएको उपमहानगरले तुलसीपुर विकास प्राधिकरणमा आइतबार पूर्णता दिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले पदाधिकारी चयन गर्दै प्राधिकरणलाई पूर्णता दिएको हो ।
विकास प्राधिकरण ऐनका आधारमा १५ सदस्यीय समिति गठन गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डे अध्यक्ष र उपप्रमुख माया शर्मा उपाध्यक्ष रहने समिति गठन गरिएको छ ।
समितिमा वडा अध्यक्ष सूर्यबहादुर डाँगी, टोपबहादुर केसी, राजु आचार्य, विजय विक, लक्ष्मण भण्डारी, कार्यपालिका सदस्य अमर नेपाली माइकल, नगरसभा सदस्य सीता केसी र धर्मा श्रेष्ठ, विज्ञको तर्फबाट नहकुल केसी र मधुकर राजभण्डारी, पूर्व जनप्रतिनिधिका तर्फबाट मेघराज भुसाललाई सदस्य बनाइएको छ । प्राधिकरणको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु र निर्देशकमा इन्जिनियर पवन योगी रहेका छन् ।
प्राधिकरणले यसैवर्ष ६० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना बनाएको नगर प्रमुख घनश्याम पाण्डेले बताए । विकासलाई एकीकृत गर्ने गरी प्राधिकरणले काम गर्ने उनको भनाई छ । साना योजनाहरु अहिलेकै प्रक्रियाबाट सञ्चालन भए पनि ठूला र अर्थ राख्ने योजनाहरु प्राधिकरणमार्फत हुनेछन् । नगर प्रवक्ता सूर्य बहादुर डाँगीले प्राधिकरणका लागि सामग्री खरिद प्रक्रिया अगाडि बढेको र दशैँ लगत्तै काम सुरु हुने बताए ।
त्यसैगरी कार्यपालिकाको ७९औँ बैठकले नगर विकास समिति तुलसीपुरलाई समेत पूर्णता दिएको छ । नगर प्रमुख घनश्याम पाण्डे अध्यक्ष रहेको समितिमा वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, नवराज लामिछाने, कार्यपालिका सदस्य डिला परियार,
समाजसेवी टिकाराम रेग्मी, दिलकुमारी घर्ती रहेका छन् । बैठकले विभिन्न मन्त्रालयबाट उपमहानगरमा आएका र कार्यक्रम स्थगन भएका करार कर्मचारीको सम्झौता रद्द गर्ने निर्णयसमेत कार्यपालिकाले गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here