- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरलागूऔषधसहित महिला पक्राउ

लागूऔषधसहित महिला पक्राउ

- Advertisement -spot_img

दाङ, ३० भदौ । लागूऔषध कारोवारमा संलग्न रोल्पाकी एक महिला घोराहीबाट पक्राउ परेकी छन् । कारोबारमा संलग्न रोल्पाको थवाङ गाउँपालिका वडा नम्वर २ की नविना रोका घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
कारोबारमा गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दाङको घोराहीबाट उनलाई पक्राउ गरेको हो । उनी घोराही उपमहानगरपालिका–३ गोग्लीमा डेरा गरी बस्दै आएकी थिइन् ।
रोकाको बयानको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका–१४ डेरा गरी बस्ने वीरमाया पुनको कोठाबाट तीन केजी, तीन सय ग्राम लागूऔषध बरामद गरेको छ ।
वीरमाया पुनलाई प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए । उनीहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा २२ ग अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here