- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरनेसंवि प्रजातन्त्रवादी कर्मचारीमा नयाँ नेतृत्व

नेसंवि प्रजातन्त्रवादी कर्मचारीमा नयाँ नेतृत्व

- Advertisement -spot_img

बेलझुण्डी, ३० भदौ । नेपाल संस्कृत विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशन तथा साधारण सभाले संघको नयाँ नेतृत्व चयन गरेको छ । आइतबार संघको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
यस अघि दुई खेमामा विभक्त देखिएका प्रजातन्त्रवादी कर्मचारीहरुसमेत यो अधिवेशनमा एकढिक्का भएर अधिवेशनमा सहभागी भएका थिए । अधिवेशनले खिम बहादुर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । केसी यसअघि नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघको नेतृत्वमा थिए ।
सर्वसम्मत रुपमा चयन भएको संघको उपाध्यक्षमा दाङकै अनिल पोख्रेल रहेका छन् । महिला उपाध्यक्षमा काठमाडौँकी बसन्ती जोशी चुनिएकी छन् ।
त्यसैगरी महासचिवमा दाङकै ढुण्डीराज ज्ञवाली, सचिवमा रिडिका राजेन्द्र जवरा, कोषाध्यक्षमा दाङकै विनु आरसी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा कर्मसिंह नेपाली, देविलाल भट्ट र राजकुमार मण्डल चुनिएको निर्वाचन संयोजक माधव पोख्रेलले जानकारी दिएका छन् । अब केन्द्रीय समितिले सचिव सहित दुईजना सदस्य मनोनित गर्ने छ भने अध्यक्षले तीनजना सदस्य मनोनित गर्न पाउने अधिकार विधानले सुरक्षित गरेको छ ।
यसैबीच नवनियुक्त कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । संघका वर्तमान अध्यक्ष रमेश भण्डारीले माइन्युट हस्तान्तरणसँगै आफ्नो पदभार नवनिर्वाचित अध्यक्ष खिम बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष केसीले आफूले सम्पूर्ण कर्मचारीहरुको हकहितसँगै विश्वविद्यालयको गरिमा उचो बनाउन आफूले हरपल पहल गरिरहने बताएका थिए । अधिवेशन शनिबारबाट सुरु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here