- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeविचारसंस्कृतिमा धनको विकृति

संस्कृतिमा धनको विकृति

- Advertisement -spot_img

संसारका सयौँ देशहरुमध्ये विभिन्न पहिचान, भिन्नै प्रकारको मूल्य मान्यता, मान, सम्मान, धर्म, संस्कृति, रितिरिवाजले भरिपूर्ण भएको कारण नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पनि धर्मै,धर्ममा अडेको देश, मन्दिरै मन्दिरले भरिएको देशको रुपमा मान्य गर्दछन् ।
हुन पनि सयौँ जातजाति, सयौँ भाषी, कुनैपनि डाँडाकाँडा, गाउँबस्ती, सहर बजार, नदी, किनार जताततै मन्दिर, नभएको स्थान बिरलै होला । कतै मन्दिर निर्माण गर्न नसकेका स्थानहरुमा ठूला–ठूला रुख ओडार, ढुङ्गा भएका स्थानमा मान्यता दिएर भएपनि आ–आफ्ना संस्कृतिको मान्यता दिएका हुन्छन् । सायद नेपालमा कुनै दिन कुनै महिना खाली छैनन् होला ।
नेपालीहरुले मान्यता दिने राष्ट्रिय चाडपर्वहरु धेरै छन् । तर आन्तरिक रुपमा मान्ने पर्व भने दर्जनौ छन् । जस्तैः नयाँ वर्ष, ब्रह्मपूजा, कुलपूजा, साउने सक्रान्ति, नागपूजा, श्रीपञ्चमी, ठूली एकादशी, तुलसीपूजा, जनैपूर्णिमा, गाईलाई सिङसम्म घाँस खुवाउने दिन, महिलाहरुको छुट्टै पर्व हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी, सोह्र श्राद्ध, गोठेपूजा, बडा दशँै, तिहार, गौरा पर्व, उद्योली–उभौली पर्व, छठपर्व, किराँतेश्वर महादेव पर्व, होली पर्व, आत्मपूजा, बुवाआमा मुख हेर्ने, जल, अग्नी, खेती पूजा, माघीपर्व ।
माथि उल्लेखित पर्वहरुभन्दा पनि धेरै पर्वहरु छन् । मानिसका आफ्ना जातजातिका, खुशियाली, दुःख, पीडाका छुट्टै पर्वहरु छन् । मानिस जन्मदा छैठौँ दिन, एघारौँ दिन, ६ महिना पुग्दाका, जनैदारका छुट्टै छन् ।
यस्तै जन्मदिन मनाउने, मरेपछि काजकिरिया, मासिक, वर्ष दिन, तिथि, श्राद्ध कहिल्यै खाली हुँदैनन् । ती सम्पूर्ण चाडपर्व, दुःख, सुख सबैमा आर्थिक चाहिन्छ ।
धर्म, कर्म, चाडपर्व, सम्पूर्ण वर्णिय छन् । चाडपर्व एउटै हुन् । दिन, महिना, समय एउटै हुन् तर मान्ने तरिका गाउँ पिच्छे, बस्ती पिच्छे फरक हुन्छ । यस्तै जातजाति र व्यक्ति पिच्छे अलग हुन्छ ।
एउटा बडादशैँको रुपमा मान्ने पर्वलाई विश्लेषण गर्ने हो भने दशैँ धनी, हुनेखाने, धनाड्यको लागि मस्ती हुन्छ । गरिबको लागि सास्ती हुन्छ । किनभने दशैँ हुनेखानेले पञ्चबली भनेर राँगा, बोका, हाँस, कुखुरा, (छुट्टै) खसी दर्जनौँ काटिन्छन् ।
उस्तै–उस्तै जातिले दशैँको मासु माघी पर्वसम्म खाने । घरैभरी लहरा बनाएर सुकुटी बनाएर, घैँटाका घैँटाका जाँड, ड्रमका ड्रम रक्सी, घरेलु बाहेकका महँगा, महँगा धनाड्य एउटा सिसीको मुल्य रु. ४० देखि ५० हजारसम्मका ।
हिसावका एउटा दशैँ पर्व कम्तीमा १० देखि २० लाखसम्म खर्च गर्ने पनि नेपालकै नेपाली हुन् । दशैँको दिन एक केजी ब्रोइलर नसक्ने तिनै धनाड्यले खाएर फुलेका हड्डी चुस्ने, तिनैले बढी भएर फालेका प्लाष्टिकका थैला फुकाएर खाने पनि नेपालकै नेपाली हुन् । अर्को महिलाहरुको चाडपर्वको बारेमा विश्लेषण गर्नुपर्दा असारदेखि तीज सुरु हुन्छ । तीज विशेष भन्दै ठूला–ठूला रेष्टुरा बुकिङ हुन्छन् ।
एक तोलाभन्दा बढीका घाँटीका सिक्री, २/३ तोलाका छड्के तिलहरी, २/३ तोलाका नाडीमा सुनका चुरा, टाउकामा क्लिप, चन्द्रमा, काँटा, घाँटीभरी नौगेडी । नामसम्म थाहा नहुने गरगहनाले धुपुक्क छाइएकी, अनुहारमा मात्र लाली, लिपिस्टिक, गाजल, पाउडर, क्रिम, आईटप, टिकी, जर्री, रंगाईएको कपाल, महंगा सेन्ट, ओठको लाली घेराबन्दी गर्ने छुट्टै सजावटी, हातभरी मेहेन्दी,
आँैलाभरी लामा नङ्ग्रा, त्यसैमाथि पालिस, खुट्टामा पाउजु, नङभरी पालिस, खुट्टाका आँैठामा औंठी, हातका औँला पिच्छे औंठी, हजारौको हातमा पर्स, अर्को छुट्टै झोली, ५० हजारको मोवाइल, सुन्ने कुरा गर्ने छुट्टै, फेसबुक, युटुव चलाउने छुट्टै, हजारौँका साडी, हजारौँका चोली, बुलोच, हजारौँका सेन्डिल एउटी महिलाको शरीर कम्तीमा २०÷२५ लाखको धन सम्पत्तिले छाईएकी ।
करोडौँको गाडी, मोटर, पजेरोमा, प्रत्येक दिन छुट्टाछुट्टै ड्रेसमा सजिएर महिनौँ दिनसम्म दरखाने, दर पनि त्यसै अनुसारका वियरका बोतल, एक छाकमा एउटा रेष्टुराको खर्च ५० हजारदेखि लाखौँसम्म । अर्को तिहार पर्व आउँछ । हप्तौँ दिनसम्मको भैली एउटा भैलीलाई घरमै बोलाएर खानाको व्यवस्था, नाचगानको व्यवस्था कम्तीमा १÷२ लाखको खर्च, बोतल फेरिएका छन्, घैँटा फेरिएका छन् ।
पसल खाली भएका छन् । यिनी धर्म संस्कृति हुनकी ? राष्ट्र, राष्ट्रियता, अर्थतन्त्रका खोक्रो पार्ने, पुराना धर्म संस्कृति ध्वस्त पार्ने छाडा विकृति हुन् ? कहाँबाट आउँछन् पैसा ? होइन बैंक, धन पैसा भनेको १०÷२० हजार हुन सक्छ ? एउटी श्रीमतीको शरीर २०÷३० लाखले छाईएको छ । छोराछोरीको तडकभडक त्यस्तै छ । आफू करोडौंको पजेरोमा मस्ती छ । बैंकमा अरबौ धन छ ।
ठाउँ–ठाउँमा, ठूला–ठूला सहर बजारमा महल छन् । सयौँ घडेरी छन् । अमेरिका, जापान, कोरिया, कतार, चीनजस्ता देश पानी पधेरी छन् । २÷३ घण्टाभन्दा बढी गाडीमा हिड्नु पर्ने भए हेलिकोप्टर चार्टर हुन्छन् । प्लेनका टिकट बुकिङ हुन्छन् । घरमा एउटा मान्छेका ५२ जोरभन्दा बढी जुत्ताचप्पल हुन्छन् ।

कोही भने जहाजमा हरर, कोहीमा भने पसिना तरर, कोहीले भने ८४ व्यञ्जन खाने, कोही भोकभोकै मर्ने यो के हो ? कोहीले भने २४सैँ घण्टा बोझ बोक्दा पनि एउटा चाडमा एकहर, एकपेट पूरा हुन नसक्ने ।

कोही भने २४सैँ घण्टा केही नगरी बैंक वा सेफ, घरका बाकस, दराज, धन, सम्पत्ति कहाँ हालौँ हुने, कुकुरले दैनिक मासुविना खाना नखाने, बिरालो विना दूध, घ्यू नखाने, यस्तै भएरै होला ? एकथरी नेपाली जसले एकथान एकहर जुटाउन सक्दैनन् ।


प्रत्येक कोठामा नेट, इन्टरनेट, टिभीको सुविधा छन् । घरको वरपर दर्जनौँ सेक्युरिटी गार्डहरु छन् । भित्र कोठा, ढोका बाहिर त्यस्तै सुरक्षा छ । यो के हो ? कोही भने जहाजमा हरर, कोहीमा भने पसिना तरर, कोहीले भने ८४ व्यञ्जन खाने, कोही भोकभोकै मर्ने यो के हो ? कोहीले भने २४सैँ घण्टा बोझ बोक्दा पनि एउटा चाडमा एकहर, एकपेट पूरा हुन नसक्ने ।
कोही भने २४सैँ घण्टा केही नगरी बैंक वा सेफ, घरका बाकस, दराज, धन, सम्पत्ति कहाँ हालौँ हुने, कुकुरले दैनिक मासुविना खाना नखाने, बिरालो विना दूध, घ्यू नखाने, यस्तै भएरै होला ? एकथरी नेपाली जसले एकथान एकहर जुटाउन सक्दैनन् ।
२४सैँ घण्टा साहुको मालिकको सेवामा छन्् । चाडपर्व आउँछन्, जान्छन् कुनै पत्तो लाग्दैन । घरमा जहिले पनि पिरला हरपेटकै हुन्छ । बिहान साँझ साहुको घेरा, अझ त्यसमा पनि ‘मिटर’ ब्याचको चपेटामा पारेर सामन्तहरुले जाली तमसुक, चेकहरु बाउन्स गराएर छाकवासै उठिवास गराएर भएका टुक्राटुक्री, झुप्राझुप्री सबै साहुले कब्जा गराएर सडक छाप बनाईएका पीडितहरुलाई दशैँ होइन दशा हो । तीज होईन विकृति हो ।
नेपालका चाडपर्व हुनेखाने, धनाड्य, सामान्त, जाली, फटाहा, भ्रष्टाचारी, लुटाहा, डाँका, बेईमानीहरुको मात्र सामन्ती संस्कार बन्यो भन्ने पिर चिन्ता पोख्ने गर्छन् । कसैको घरमा सुनपानी छर्नेसम्म सुन छैन । कसैको घरमा भने किलाका किला सुन सुत्ने पलङ मुनी ढुसी परेको अवस्था छ । बास्तवमा हामी नेपालीहरुका चाडपर्व, मेलामेसाहरु यतिधरै विकृति मौलाउने गरी रचिएका होईनन् होला ।
दशैँ पर्व टाढा–टाढाका ईष्टमित्र, घरपरिवार, भेटघाट गर्ने, आशीर्वाद लिनेदिने, मान्यजनलाई मर्यादा गर्ने, दुःख, सुख साट्ने, वर्षौँ कारणवस बोली बारिएकाहरुको मिलन हुने, भएसम्म एकछाक मिठो मसिनो खाने, रमाइलो गर्ने पर्वको रुपमा निर्मित आज दशाको र विकृतिको रुपमा देखिन थाल्यो ।
तीजको कुरा गर्नुपर्दा जन्मघर छोडी पराइ घरमा जानुपर्दाका पीडा, जन्मघरमा जन्माएका बुवा, आमासँग खेलेको बाल्यकालका दौतरी, साथी, दिदीबहिनी, दाजुभाउजू तीजको अघिल्लो दिन भेट हुने, दर खाने, रंग रमाईलो गर्ने, वर्षभरीका पीडा,
घरका व्यथा, कथा, गीतमार्फत आमा, फुपूहरुसँग पोखापोख गर्ने तीजको दिन उपवास बस्ने, पूजाआजा गर्ने, नगर्नेले सहभागिता जनाउने, मनमा कुनै चिन्ता नलिएर पीडामुक्त हुने भनेर निर्मित चाड आज २÷३ महिनासम्म बार, रेष्टुराहरुमा महंगा गरगहना, रक्सी वियर, भोड्काभित्र विकृतिका चाङ लाग्दै जान थालेका छन् ।
देशको आफ्नोपन, मौलिकता, परम्पराभन्दा पनि ठूला–ठूला धर्म संस्कृतिनै ध्वस्त हुने गरी विकृति जन्मिएका छन् । यिनै विकृतिको कारण अवैध खर्च व्यवस्थापन गर्नका लागि चोरी, चकारी, गुण्डागर्दी, ठगी, लुट, हत्या, हिंसा, भ्रष्टाचार, मिटर ब्याजका अपराध, जालीफटाह, २ नं धन्दा, तस्करी, मूर्ति चोर, वन जंगलको तस्कर, मानव बेचबिखन, यौनदुराचार, देह व्यापार असंख्य रुपमा मौलायो ।
देशले समाजले सम्हाल्न नसक्ने खाले अपराधका श्रृङ्खला चाङ लाग्दै गयो । राष्ट्र दिनप्रतिदिन गरिब बन्दै जान थाल्यो । विश्वास घट्दै जान थाल्यो । अनुशासन हराउँदै जान थाल्यो ।
तसर्थ धर्म, संस्कृतिको बहानामा फैलिएको विसंगती, विकृति अपराधलाई सम्पूर्ण नेपाली एकमत, एकजुट भई चाडपर्व गहना, कपडा, घमण्ड ‘सो’ गर्नुभन्दा दुःख, सुख, भेटघाट, साट्ने थलोको रुपमा लिने गरौँ । आयु घटाउन होइन बढाउनतिर लागौँँ । चाडपर्व समाजमा अशान्तिका लागि होइन शान्तिका लागि मानौँ ।
चाडपर्व बोझिलो होइन रसिलो, सरल हुने गरी मानौँ । महंगी बढाउने होइन, घटाउनेमा लागौँ । सादा जीवन उच्च विचारको मार्गमा अघि बढौँ । धर्म, संस्कृतिको धनी बनौँ । विकृतिको सदा गरिब बनौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here