- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरडेंगु रोगको सचेतना ¥याली

डेंगु रोगको सचेतना ¥याली

- Advertisement -spot_img

विजौरी, ३० भदौ । डेंगु रोग नियन्त्रण गर्नका लागि जनचेतना फैलाउने उद्देश्यका साथ आइतबार विजौरीमा ¥याली निकालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी, बेलझुण्डी आयुर्वेद संस्थान, नयाँ पाईला पुनस्र्थापना केन्द्र र विजौरी उद्योग वाणिज्यसँगको संयुक्त आयोजनामा सचेतना ¥याली निकालिएको हो ।
घर वरिपरि सफा राखौँ, घर नजिक भएका पानी जम्ने खाडल पुरौँ, टाउको दुख्ने, ज्वरो आउने बित्तिकै अस्पताल जाउ, जस्ता प्ले कार्डसहित डाक्टर, नर्स, विद्यार्थी, राजनीतिक दल, जनप्रतिनिधि, मानव अधिकारकर्मी, पदाधिकारी, प्रहरी र पत्रकारहरुको टोलीले विजौरी चोक हँुदै मानपुर चोकसम्म पुगेर सचेतनामूलक कार्डहरु बोकेर डेंगु रोगको बारेमा नागरिकलाई सचेत गराएका छन् ।
¥यालीले विजौरी बजार परिक्रमा गर्दै प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको प्राङ्गणमा गई कोणसभामा परिणत भएको थियो । तुलसीपुर वडा नं. १८ का कार्यवाहक अध्यक्ष धन बहादुर बस्नेतको अध्यक्षता एवं प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. राम कामेश्वर ठाकुरको
प्रमुख आतिथ्यतामा भएको कोणसभामा बोल्ने वक्ताहरुले डेंगु रोगले अहिले महामारीको रुप लिइरहेकोमा चिन्ता ब्यक्त गर्दै यसको समाधानका लागि सबैले सबैलाई जानकारी दिदैँ स्कुल–स्कुलमा अभियान चलाउनुपर्ने कुरामा जोड दिए ।
डा. राम कामेश्वर ठाकुरले सबै शिक्षक एवं विद्यार्थीहरुलाई यस रोगको रोगथामका लागि कदम चाल्न र आफ्नो ठाउँबाट सहयोग गरी जनस्तरमा यो रोग लाग्न नदिनका लागि डाक्टर, नर्सहरुको भूमिका महत्वपूर्ण हुने भन्दै अघि बढ्न निर्देशनसमेत दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here