Sunday, March 24, 2024
Homeसम्पादकीयबालश्रममुक्तको प्रयास

बालश्रममुक्तको प्रयास

- Advertisement -spot_img

अहिले विभिन्न अभियानहरु सञ्चालन भएका छन् । देशका भिन्न क्षेत्रगत, जिल्लागत र राष्ट्रिय अभियानहरु भइरहेका छन् । ती अभियानहरु केही पूरा भएका छन् भने केही पूरा हुँदैछन् । कति योजनामा मात्रै देखिएका छन् ।
त्यहि मध्येको एउटा अभियान दाङमा सुरु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले नगरलाई बालश्रममुक्त नगर बनाउने ध्येयले वडा नं ६ लाई बालश्रममुक्त वडा घोषणा गरेको छ । नगरको र वडाको यो कार्य प्रशंसनीय छ ।
तर घोषणापछिका अवस्थाहरुलाई पनि आत्मसात गरेर जानुपर्ने र घोषणालाई व्यवहारतः उतार्न भने धेरै चुनौति देखिन्छ । यो चुनौतिलाई वडा सरकारले आत्मसात गर्नु नै पर्छ । अभियानको सुरु हुनुले मात्रै सार्थकता पाउँदैन । त्यसलाई पूर्णरुपमा व्यवस्थापन पनि अभियानले गर्न सक्नुपर्छ । यो वडा नं ६ मा अब खाँचो छ ।
तुलसीपुर उपमहानगरपालिका खुला दिसामुक्त हुनेमा पश्चिम नेपालको पहिलो नगर हो । अहिले बालश्रममुक्तको अभियान पनि यहिबाट सुरु भएको छ । वडा नं ६ बालश्रममुक्त वडा भएसँगै यो क्षेत्रमा बालश्रम शुन्य नै हुनुपर्छ ।
कुनै पनि बहानामा बालश्रमिक भेटिनु हँुदैन । वर्तमान अवस्थामा वडामा रहेका १३ बालश्रमिकलाई पुरस्र्थापन र व्यवस्थापनले मात्रै पनि यो अभियान सफल हुँदैन ।
घोषणासम्मलाई यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र गर्दछ पनि । तर घोषणापछिका दिनमा अन्य क्षेत्रबाट ६ नं. मा श्रमका लागि आउने वातावरण रोक्नु पर्छ । त्यो अवस्थाका लागि स्थानीय सरकार र सरोकारवालाहरु चनाखो पनि हुन आवश्यक छ ।
भविष्यको योजनालाई पनि ध्यान दिएर भएका यस्ता घोषणाहरुले धेरै न प्रभाव पार्ने गरेका छन् । तर घोषणाको नाममा घोषणा मात्रै पनि हुनुहुँदैन । बालदिवसको अवसर पारेर वडामा राम्रो र नमूनायोग्य काम भएको छ । यसलाई अन्य वडाहरुले पनि अभियानका रुपमा लिनसके वडा मात्रै हैन तुलसीपुर बालश्रममुक्त बन्नेछ ।
कानुनी रुपमा उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउने कार्य रोक्न सबै सरोकारवालामा गाम्र्भीयता देखिनुपर्छ । समृद्ध समाज निर्माणका लागि सबै जुट्न सकेमा मात्रै त्यो पूरा गर्न सकिन्छ ।
समृद्धिका लागि सबैको भूमिकासँगै सामाजिक विकृति र सामाजिक आवश्यकता अनुसारका अभियान पनि सञ्चालन हुनुपर्छ । यिनै अन्तर्गतका अभियानहरु सफल बनाउनुपर्छ । त्यहि मध्येको बालश्रममुक्त अभियान हो । यसलाई सबै वडा स्तानीयतह, जिल्ला हुँदै राष्ट्रियस्तरमै पूरा गराउनतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here