- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएक महिनाको छोरीसँग तराकारी व्यापार

एक महिनाको छोरीसँग तराकारी व्यापार

- Advertisement -spot_img

सल्यान, २९ भदौ ।
बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन । कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै तीन घण्टाको दूरी पारगरी सल्लीबजारमा पुगी तरकारी बिक्री गर्ने गर्दछिन् । आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन् ।
उनले भनिन् ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन तरकारी बिक्री नगरी साँझ बिहानको चुलो बल्दैन ।’ घरमा आफू एक्लै भएको र श्रीमान छ महिना पहिले मात्रै रोजगारीका लागि विदेश गएको भाइहरु छुटिएका कारण रहरभन्दा बाध्यताले छोरीलाई च्यापेर बजार धाउनु परिरहेको उनले बताइन् ।
तरकारी खेतीले आफ्नो गुजारा चलिरहेको बताउँदै उनले बजारको भने साह्रै समस्या भएको बताइन् । ढोरपिपलमा निर्माण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिनापछि बन्द भैहाल्यो उनले भनिन् ‘संकलन केन्द्र सञ्चालन भई दिएको भएपनि घर–घर धाउनुपर्ने थिएन ।’
छोराछोरीको पढाइ खर्च र घर खर्च चलाउन तरकारी खेतीले जसोतसो पुगी रहे पनि बजारीकरणको साह्रै समस्या रहेको थापाको भनाई छ । दैनिक गुजारा चलाउन नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजारलगायतका बजारमा धाउनु परिरहेको उनले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here