- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरसिंहको २३ औं स्मृति दिवस

सिंहको २३ औं स्मृति दिवस

- Advertisement -spot_img

घोराही, ११ भदौ । नेपाल महिला संघ दाङले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३औं स्मृति दिवस तथा तीजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
महिला संघ दाङकी अध्यक्ष अध्यक्ष गोमा रावतको अध्यक्षता एवं नेपाली कांगे्रस दाङका निवर्तमान अध्यक्ष घनश्याम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले नेपालको राजनीतिक आन्दोलन र महिला अधिकार आन्दोलनका सवालमा नेपाल महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी मंगलादेवी सिंहले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
स्वर्गीय सिंहले नेपाली राजनीतिक क्षेत्रमा सिंहले पु¥याएको योगदान पार्टीले भुल्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांगे्रज जिल्ला सदस्य बालिका लम्साल, नेपाली कांगे्रस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, जिल्ला कोषाध्यक्ष सावित्रा राना, महाधिबेशन प्रतिनिधि सुष्मा गिरी, सुशिला थापा, विपि विचार मञ्चका अध्यक्ष खगराज पाण्डेय,
जिल्ला समन्वय समिति सदस्य लोका विक, जानका केसी, सुशिला पौडेललगायतले तीज पर्व एकता र सामाजिक सद्भाव बोकेको पर्व भएको बताउँदै यस्ता सामूहिक रुपमा गरिने कार्यक्रमले संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल महिला संघ जिल्ला सचिव मञ्जु बज्राचार्यले धन्यवाद दिएका थिए ।
नेपाल महिला संघ जिल्ला सदस्य कृष्ण रानाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण नेपाल महिला सघं जिल्ला सचिव लक्ष्मी योगीले गरेकी थिईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here