- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरभारतीय रुपैयाँसहित पक्राउ

भारतीय रुपैयाँसहित पक्राउ

- Advertisement -spot_img

देउखुरी, ४ भदौ । दाङ प्रहरीले लाखौ भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ । दाङ र बाँके जिल्लाका पाँचजनालाई ईलाका प्रहरी कार्यालय अमिलियाको टोलीले १५ लाख ७९ हजार पाँच सय ८० भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । त्यो नेपाली २५ लाखभन्दा बढी हुन्छ ।
अवैध भारतीय रुपैयाँसहित पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४० का शसे विक, बारेकोट गाउँपालिका वडा नम्बर ८ जाजरकोट बस्ने बर्ष २७ का शिव सिंह भनिने पूर्ण विक, तुलसीपुर
उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २७ का हिरा विक, त्रिवेणी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४३ का प्रकाश केसी र कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ का मन कुमारी खत्री पक्राउ परेका हुन् ।
उनीहरुले बुद्धको मूर्तिलाई सुनको जलप लगाएर देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ को भैसाही हुँदै भारतीय बजारमा लगेर बेचेको र त्यो पैसा लिएर नेपाल फर्किएको प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय ८० भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ नेपाली रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
राजपुर गाउँपालिकाको भैसाही नाका हुँदै अमिलिया पुगेर बस चढ्ने क्रममा ईप्रका अमिलियाको टोलीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्तीले जानकारी दिए । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here