- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरसुशासन कायम गर्न प्रविधिको प्रयोगमा जोड

सुशासन कायम गर्न प्रविधिको प्रयोगमा जोड

- Advertisement -spot_img

घोराही, २१ साउन । सूचना र प्रविधिको प्रभावकारी प्रयोगले सुशासन कायम गर्न ठूलो मद्दत पुग्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
कम्प्युटर एसोसियएन नेपाल महासंघ दाङले सोमबार घोराहीमा आयोजना गरेको आर्थिक समावेशीकरणका लागि डिजिटल सेवा बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रविधिको प्रयोगले सेवामा छिटोछरितो र सुशासन कायम गर्नेमा जोड दिएका हुन् ।
जबरजस्त रुपमा सूचना र प्रविधिलाई मानिसहरुलाई सिक्नै पर्ने बाध्यकारी बनाएको भन्दै यसको सदुपयोगमा चनाखो बन्न आवश्यक रहेको वक्ताहरुको भनाई छ ।
महासंघका अध्यक्ष भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समयसापेक्ष सूचना र प्रविधिको ज्ञान बढाउनुपर्ने बाध्यकारी अवस्था आएको उल्लेख गरे । नगरले प्रविधिमैत्री सेवालाई प्राथमिकतामा दिएको समेत नगर प्रमुख चौधरीले जानकारी दिए ।
प्रत्येक वडाबाटै कम्प्युटर प्रणालीमार्फत राजस्व संकलन, व्यक्तिगत घटना दर्ता, सूचना तथा सन्देशहरु प्रकाशित गर्ने कार्यलाई अघि बढाएको उल्लेख गरे ।
त्यसैगरी कम्प्युटर शिक्षालाई अनिवार्य बनाउँदै विद्यार्थीको तहबाटै कम्प्युटरमार्फत पढाइ, सिकाइको ज्ञान अभिबृद्धि गरी हरेक कार्यलाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिए ।
कार्यक्रममा क्यानका पूर्व महासचिव पंकज जालन र आईएई पेका स्रोतव्यक्ति अजय थापाले आर्थिक समावेशीकरणका लागि डिजिटल सेवाको विषयमा प्रशिक्षण दिएका थिए ।
अहिले पनि सबैको पहुँचमा बंैक, वित्तीय संस्था तथा इन्टरनेट पुग्न नसकेको भन्दै उनीहरुले राज्यको लगानी, संरक्षण र जनताको इच्छा बढ्नुपर्नेमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here