Friday, March 29, 2024
Homeसमाजलागूऔषध न्यूनीकरण तालिम

लागूऔषध न्यूनीकरण तालिम

- Advertisement -spot_img

घोराही, २५ असार । दाङका ५० जना युवाहरुलाई लागूऔषध न्यूनीकरणका लागि एकसाथ तालिम दिन सुरु गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
जिल्लाका दशै स्थानीय तहका युवाहरुलाई सहभागी बनाएर तालिम दिन सुरु गरिएको छ । मन्त्रालयका उपसचिव सूर्यप्रसाद भुसालको अध्यक्षता तथा नार्कोनन् प्रदेश संयोजक बसन्त पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
तालिमको प्रशिक्षकमा संयोजक बसन्त पुन, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे रहेका थिए ।
स्थानीय तहमा हुने लागूऔषध दुब्र्यसनीका घटनालाई न्यूनीकरण गर्न तालिमको आयोजना गरिएको हो । तालिममा लागूऔषध, यसका असर, न्यूनीकरण गर्ने उपाय, युवाको जिम्मेवारी, जिल्लामा लागूऔषधको अवस्थाका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here