- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरखानेपानीबाटै बञ्चित

खानेपानीबाटै बञ्चित

- Advertisement -spot_img

तुलसीपुर, २९ जेठ । दाङमा अझैपनि २५ प्रतिशत नागरिकले आधारभूत खानेपानी पाउन सकेका छैनन् । संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा स्थापित गरे पनि त्यो लागु हुन सकेका छैन ।
जिल्लाका २५ प्रतिशत नागरिक अझैपनि आधारभूत खानेपानीको सेवा पाउनबाट बञ्चित देखिएका हुन् । पच्चिस प्रतिशत नागरिकले अहिले पनि कुवा, जरुवा,
खोला, कुलो, सोताको लगायतको पानी पिउन बाध्य रहेका र ५५ प्रतिशत नागरिकले मात्रै स्वस्थ्य खानेपानी पाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनिधि पाख्रेलले बताए । दाङमा ७५ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा भने पुगेको उनले बताए ।
सबै नागरिकलाई खानेपानीको सहज पहुँचको व्यवस्था अझै पनि हुन सकिरहेको जिल्लास्तरमा त्यो तयारीमा रहेको उनले बताए । सरकारले नागरिकलाई खानेपानीको व्यवस्था सहज गर्न नसक्दा नागरिक अझैपनि कुलो सोता,
खोलको पानी पिउन बाध्य छन् । जिल्लामा शहरी इलाकामा भन्दा ग्रामीण भेगका नागरिक बढी आधारभूत खानेपानीको सेवाबाट बन्चित रहेका छन् ।
दाङमा वर्षेनी गर्मिको समयमा खानेपानीको चरम अभाव बढ्दै गएको छ । बढ्दै गएको जनसंख्या वृद्धि र सुक्दै गएका मुहानका कारण पानीको अभाव देखिने गरेको छ ।
खानेपानीको सहज व्यवस्थापनका लागि वर्षोदेखि शुरु भएका योजना पनि निर्माणमा ढिलाई हुँदा नागरिक आधारभूत खानेपानीको सेवाबाट बञ्चित हुने गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सूचना अधिकार बेदप्रसाद आचार्यका अनुसार दाङमा ५ वर्ष अघि निर्माण शुरु भएका खानेपानीका योजना अझैपनि निर्माण सम्पन्न हुन सकेको छैन् ।

२५ प्रतिशत नागरिक अझैपनि आधारभूत खानेपानीको सेवा पाउनबाट बञ्चित देखिएका हुन् । दाङमा ७५ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा भने पुगेको तथ्याङ्क छ ।

‘सरकारले खानेपानीका बजेट बिनियोजन गर्छ, वर्षेणी नयाँ–नयाँ योजना ल्याउँछ तर वर्षौँदेखिका योजना निर्माणमै समस्या देखिने गरेको छ, एउटा योजना निर्माण नसक्दै अर्को योजना निर्माण हुने क्रम बढेको छ ।
जसका कारण पनि नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न कठिनाई भईरहेको छ’ उनले भने–जिल्लामा अहिले पनि १३३ वटा क्रमागत योजना निर्माणको क्रममा छन्, योजना थपिन्छन् तर निर्माणमा ढिलाई हुने गरेको छ, न पर्याप्त बजेट आउँछ नत पर्याप्त जनशक्ति नै उपलब्धता छ ।
दाङमा अहिले निर्माण भइरहेको १ सय ३३ क्रमागत योजना मध्ये ४२ देखि ४५ वटा योजना चालु वर्षमा निर्माण सम्पन्न हुने सूचना अधिकारी आचार्यले जानकारी दिए ।

जनशक्ति अभाव

जनशक्ति अभाव हुँदा योजना सम्पन्न गर्न ढिलाई हुने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ ।
कार्यालय प्रमुख पोख्रेलले तत्कालीन अवस्थामा दाङमा मात्रै भएपनि अहिले जिम्मेवारी थपिदा पनि आवश्यक जनशक्ति सरकारले उपलब्ध गराउन नसकेको गुनासो गरे ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले दाङ सहित बाँके, बर्दियामा पनि जिम्मेवारी पाएकोल तर जनशक्ति पुरानोमा पनि ५५ प्रतिशत घटेको बताए ।
‘चाहिने जनशक्ति १४ जनाको दरबन्दी हो तर अहिले ८ जना मात्रै छन्, दाङमा मात्रै ६ जना आवश्यक छ, तर ४ जनामात्रै छन्, बाँके र बर्दियामा ४÷४ जना आवश्यक पर्छ तर २÷२ जना मात्रै प्राविधिको जनशक्ति छ,
आवश्यक जनशक्ति नहुँदा जिल्लामा परेका खानेपानीका योजना निर्माणमा समस्या परेको छ ।’ लामो समयसम्म खानेपानीको योजना निर्माणमा ढिलाई हँदा वर्षेणी खानेपानीको अभावमा बाँच्नुपरेको छ ।
बढ्दो जनसंख्या र मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारण पानीको अभाव बढ्दै गएको प्रमुख पोख्रेले बताए । खानेपानीको समस्या समाधानका पानीका मुहानको स्रोत संरक्षण र बातावरण सन्तुलन गर्नुपर्ने छ ।
सरकारले सन् २०३० सम्म सबै नेपाली नागरिकलाई प्रशोधित पानी पु¥याउने लक्ष्य लिएको छ तर दाङमा २५ प्रतिशत नागरिक अझैपनि आधारभूत खानेपानीको पहुँचमा नहुँदा सरकारी लक्ष्यलाई सिधै चुनौति थपिएको छ ।
नेपालमा अहिले २० प्रतिशत नागरिकमात्रै प्रशोधित खानेपानीको पहुँचमा रहेका छन् । दाङमा एकिन तथ्याङ्क नभएपनि अधिकांश नागरिकले अहिले पनि प्रशोधन नगरेको पानी पिउन बाध्य छन् ।
‘आधारभूत खानेपानी पाउन नसकिरहेको अवस्थामा प्रशोधित पानी त कहिले पाउनु र ? तुलसीपुरका दिलबहादुर पुनले भने–सरकार रेल र हवाई जहाज ल्याउनमै व्यस्त छ, खानेपानीको सहज व्यवस्थापन गर्नुपर्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here