- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरएकदिने निःशुल्क स्वास्थ्य शिविर

एकदिने निःशुल्क स्वास्थ्य शिविर

- Advertisement -spot_img

घोराही, २६ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ५ मा एकदिने निःशुल्क स्वास्थ्य तथा आँखा उपचार शिविर पाँच सय बढीले सेवा लिएका छन् । नेचर केयर सामुदायिक अस्पताल घोराही दाङको आयोजना,
घोराही उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल तुलसीपुरको सहयोगमा भएको एकदिने शिविरमा ३४० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ भने दुईजनाको आँखा जाँच गरिएको छ । स्वास्थ्य जाँचमा संलग्नलाई निःशुल्क औषधी वितरण गरिएको छ ।
नेचर केयर सामुदायिक अस्पताल घोराहीका संयोजक मेनका पोख्रेलको अध्यक्षता तथा वडा नंं. ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको प्रमुख आतिथ्यता शिविर भएको हो ।
शिविरमा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका निर्देशक डा. रामकामेश्वर ठाकुर, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती,
डा. शारदा गौतम, राप्ती आँखा अस्पताल तुलसीपुरका संगीता गौतम, विवेक बुढाथोकी लगायतले स्वास्थ्य जाँच तथा आँखा जाँच गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका सञ्चालक समिति सदस्य गोपाल नेपालीले गरेका थिए ।्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here