बल्दैनन् सडकका बत्ती

तुलसीपुर, १७ जेठ । रातको समयमा शान्ति सुरक्षालाई बलियो बनाउनका लागि बजार क्षेत्रमा जडान गरिएका सोलार बत्तीहरु बिग्रिएपछि सुरक्षा चुनौति बढेको छ । जडान गरिएका सोलार बत्ती बिग्रिदा तुलसीपुर बजार क्षेत्र रातको समयमा अन्धकार तथा असुरक्षित बन्दै गएको छ  । उपमहानगरपालिकालाई सडक बत्ती मर्मतमा तत्काल ध्यान दिन स्थानीयले अनुरोधसमेत गरेका छन् । उपमहानगरले यसमा समयमै ध्यान दिन नसकेकोको […]

Continue Reading

धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता

शान्तिनगर, १७ जेठ । दाङको शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीलगायतका वडाका जनप्रतिनिधि र कर्मचारीले सरकार ल्याएको स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियानलाई धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता जनाएका हुन् । शान्तिगनगरमा बिहीबार भएको एकदिने स्वास्थ्य कार्यशाला […]

Continue Reading

गर्मी बढेपछि विद्यालय धमाधम बन्द हुँदै

तुलसीपुर, १६ जेठ । दाङमा गर्मी बढ्दै जान थालेपछि विद्यालय केही दिनका लागि बन्द भएका छन् । गर्मीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ । बढ्दो गर्मीले विद्यालयमा विद्यार्थी बिरामी पर्ने गरेको, खानेपानीको अभाव देखिएको लगायतका कारण विद्यालय बन्द गर्नुपरेको स्थानीय सरकारले जनाएका छन् । गर्मीका कारण देखाउँदै केही दिन अघि दाङमा सञ्चालित निजी विद्यालयको […]

Continue Reading

टोल–बस्तीदेखि नै जागरणः खनाल

दाङ, १७ जेठ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानका अभियनता तथा केन्द्रीय प्रतिनिधि राजु खनाल दार्चुला पुगेका छन् । त्यहाँका जनतालाई जागरण गराउने उद्देश्यले पार्टीले नै खनाललाई त्यहाँ खटाएको छ । ‘हिमाल, पहाड, तराई (मधेस) नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत दार्चुला पुगेका खनालले त्यहाँका पार्टीका नेता तथा कार्यकर्ता, नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि र भातृ […]

Continue Reading

महिलालाई अटो चलाउने तालिम

तुलसीपुर, १६ जेठ । अटो चलाएर महिलालाई आत्मनिर्भर बनाउन शान्तिनगर गाउँपालिकामा १५ दिने अटो चलाउने तालिम शुरु भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा सामाजिक शाखाका आयोजनामा १५ दिने अटो चलाउने तालिम शुरु भएको हो । गाउँपालिकाभित्रका निम्न आय भएका तथा अटो चलाएर आत्मनिर्भर बनाउन अटो चलाउने तालिम प्रदान गरिएको महिला, बालबालिका तथा सामाजिक शाखाका प्रमुख गुप्ता अधिकारीले […]

Continue Reading

सीप सिकाइबाट आत्मनिर्भर बन्दै महिला

दंगीशरण, १६ जेठ । दंगीशरण–१ गोल्टाकुरीका महिलाहरु दालमोट बनाएर आत्मनिर्भर भएका छन् । खाजाको रुपमा खाईने दालमोटबाट आत्मनिर्भर बन्ने सोचका साथ चार दिनको तालिममा सहभागी भएर उनीहरु दालमोट बनाउने सिप सिकेका छन् । निर्मला बुढाथोकीले दालमोट बनाउने तालिम पाएर धेरै खुसी लागेको बताईन् । घरायसी र ब्यवसायीक बनाउने यो तालिमले महिलाहरुका लागि ठूलो उपलब्धि भएको भन्दै अबका दिनमा यसलाई […]

Continue Reading

तुलसीपुरमा श्रीमद्भागवत सप्ताह हुने

तुलसीपुर, १६ जेठ । तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । धर्म संरक्षण र नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतीका लागि तुलसीपुर उपमहानगरपालिका–४ मजुवास्थित ठूलाखालीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको हो । उक्त स्थानमा रहेका विभिन्न धार्मिक सहिष्णुता झल्काउने मन्दिर तथा मूर्तिहरुको संरक्षण र सम्र्वद्धनसँगै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास […]

Continue Reading

प्रज्ञा तथा महिला मण्डल गठन

तुलसीपुर, १६ जेठ । तुलसीपुर उपमहानगरपालिका–७ बम्नैमा गायत्री परिवारको प्रज्ञा मण्डल र महिला मण्डल गठन गरिएको छ  । मुक्तिप्रसाद मण्डलको अध्यक्षतामा ११ सदस्यीय प्रज्ञा मण्डल गठन भएको छ । मण्डलको कोषाध्यक्षमा प्रेम न्यौपाने सचिवमा बालाराम पोख्रेल चयन भएका छन् । मण्डलको सदस्यहरुमा शंखु चौधरी, राष्ट्रियप्रसाद डाँगी, टिकाराम नेपाली, बसन्ती चौधरीलगायतका रहेका छन् । त्यस्तै माया भट्टराईको अध्यक्षतामा सात सदस्यीय […]

Continue Reading

टिकाउ र दिगोपन शिक्षामा जोड

देउखुरी, १६ जेठ । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तर्जुमा गर्दा सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा टिकाउ र दिगोपना शिक्षा हुनुपर्नेमा केन्द्रित रहनुपर्ने एक कार्यक्रमका सहभागीहरुले लमही नगरपालिकालाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष नगरपालिकाले तर्जुमा गर्ने नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न बुधबार नगरपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सुझाव संकलन […]

Continue Reading

नयाँ बजेट

सरकारले आउँदो वर्षको लागि बजेट सार्जजनिक गरेको छ । राज्यले जेठ १५ गते नयाँ बजेट ल्याउने नीति अनुसार बुधबार आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्वजनिक गरेपछि नयाँ बजेटले नयाँ तरङ्ग ल्याएको छ । दुई तिहाई बहुमतको सरकारले ल्याएको यस वर्षको बजेट अरु वर्षको भन्दा लोकप्रिय देखिएको छ । महत्वाकांक्षी योजनादेखि कर्मचारीको तलब र बृद्धबृद्धाको भत्ता […]

Continue Reading