- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरवृद्ध सेवा समितिको प्रवचन कार्यक्रम

वृद्ध सेवा समितिको प्रवचन कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, १८ चैत । वृद्ध सेवा समिति तुलसीपुरको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । आइतबार मर्यादा पुरुषोत्तम रामको जन्म रामनवमी शीर्षकमा प्रवचन कार्यक्रम भएको हो । मर्यादाका पालक एवं आदर्श व्यक्तित्वका बारेमा बताइएको थियो ।
संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृष्ण बहादुर डाँगी, प्रेम नारायण लामिछाने, ठाकुरप्रसाद पौडेल, शेषमणि रिजाल, खेमराज अधिकारी, गोपालप्रसाद उपाध्याय, ईन्द्र बहादुर बुढाथोकी, झग्गुप्रसाद गौतमलगायतले प्रवचन प्रस्तुत गरेका थिए ।
यसैबीच कार्यक्रमका अवसरमा विभिन्न माध्यमबाट संस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका पूर्व अध्यक्ष मेघलाल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष बसन्त कुमार खड्कीले व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संयोजक नवराज रजौरेले गरेका थिए ।

जेष्ठ नागरिकको बैठक

यसैबीच तुलसीपुर–११ पिरगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बैठक सम्पन्न भएको छ । हालै मात्रै भवन निर्माण गरेको केन्द्रले अझ व्यवस्थित रुपमा सञ्चालनका लागि सक्रियता देखाएको छ ।
भवनलाई सुरक्षित राख्नका लागि तारजाली तथा गेट निर्माणका लागि केन्द्रमा आवद्ध ज्येष्ठ नागरिकहरु सक्रिय बनेका छन् । उनीहरुले तारजाली र गेट निर्माणका लागि वडा कार्यालयबाट रकम माग गर्ने निर्णय गरेका छन् । केन्द्रले वडा कार्यालयबाट पाँच लाख रकम माग गर्ने निर्णय गरेको छ ।
यसैगरी केन्द्रको भवन निर्माण सम्पन्न भएको आधिकारिक जानकारी जिल्लाका अन्य ज्येष्ठ नागरिक केन्द्रहरुलाई गराउने निर्णय पनि बैठकले गरेको छ ।
ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष चित्रबहादुर ओलीको प्रमुख आतिथ्य एवं ज्येष्ठ नागरिक केन्द्र तुलसीपुर नगर समितिका बरिष्ठ उपाध्यक्ष तिलकवहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
त्यस अवसरमा सिड संस्थाका प्रवन्ध निर्देशक भागिराम चौधरी, ज्येष्ठ नागरिक तुलसीपुर समितिका कोषाध्यक्ष झग्गु सुवेदी, सदस्य नेत्रमणि शर्मा, ज्येष्ठ नागरिक तुलसीपुर वडा नम्बर ११ वडा समिति बरिष्ठ उपाध्यक्ष केशवराज डाँगी, शिव मन्दिर प्रिगाउँका अध्यक्ष यमबहादुर बस्नेत, समाजसेवी खिमबहादुर वली लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
ज्येष्ठ नागरिक वडा समिति सचिव गुरुप्रसाद खत्रीले सहजीकरण गरेका थिए । साथै त्यस अवसरमा श्रीराम गौतमको नेतृत्वमा रहेको भजन मण्डलीले भजनकीर्तनसमेत गरेको थियो । स्थानीयहरुले भजनमा नाचगान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here