मालपोतमा जात्रा

तुलसीपुर, १७ बैशाख । केही दिन अघिदेखि मालपोत कार्यालय तुलसीपुर दाङमा शुरु भएको अनलाइन सेवामा जात्रा देखिएको छ । अनलाइन सेवा कार्यालय प्रभावकारी ढंगबाट सञ्चालन गर्न नसक्दा मालपोत कार्यालयमा दैनिक जात्रा हुने गरेको छ । मालपोत कार्यालय अस्तव्यस्त भएको छ । गत बैशाख ४ गतेदेखि सञ्चालनमा आएको अनलाईन प्रणालीले आफूहरुलाई सहजता प्रदान नगरेको भन्दै सेवाग्राहीहरु कर्मचारीप्रति आक्रोशितसमेत बन्ने गरेका […]

Continue Reading

तुलसीपुरमा नमुना संसद सञ्चालन

तुलसीपुर, १७ बैशाख । दाङको तुलसीपुरमा नमुना संसदको स्थापना र अभ्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा विभिन्न दातृ निकायको सहयोगमा सोमबार तुलसीपुरमा युवा संसद स्थापनासँगै संदीय अभ्यास पनि गरिएको छ । संसदको झल्को दिने गरी तुलसीपुरका युवाहरुले सोमबार संसदीय अभ्यास गरे । उनीहरु मध्ये कोही सभामुख बने, कोही राष्ट्रपति, कोही प्रधानमन्त्री त कोही विभिन्न मन्त्रालयका मन्त्री बने । […]

Continue Reading

दर्जन बढी वनमा आगलागी

तुलसीपुर, १७ बैशाख । वन क्षेत्रमा बर्षेनी हुने आगलागीका घटना हुन नदिन दाङमा लाखौ रुपैयाँ खर्च हुदै आए पनि आगलागीका घटना भने रोकिएको छैन् । गर्मी मौसमसँगै हावाहुरीका बेला लाग्ने आगोले बर्षेनी सैयौँ हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ । यस बर्ष पनि अहिले जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागी भैरहेको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन […]

Continue Reading

श्रमको सम्मान गरौं

हरेक वर्ष मे १ तारिखका दिन विश्व श्रमिक दिवस मनाईन्छ तर वास्तविक श्रमिकलाई श्रमिक दिवसले छुन सकिरहेको छैन् । आज २१औैं शताब्दीमा पनि महिला र पुरुष भनेर श्रममा विभेद हुने गरेको छ । महिला र पुरुषको समान ज्याला कायम हुन सकिरहको छैन् । मालिकले कामदारलाई गर्ने व्यवहारमा परिवर्तन आउन सकिरहेको छैन् । श्रमिकको सहयोगले महल […]

Continue Reading

गुणस्तरमा अभिभावकको विश्वास

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, दाङका प्रधानाध्यापक भागवत पौडेल सँग गरिएको कुराकानीको सारसंक्षेप । – सम्पादक नयाँ […]

Continue Reading

कृषि क्षेत्रबाट आत्मनिर्भर

दंगीशरण, १७ बैशाख । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणबासीहरु अबका दिनमा कृषि क्षेत्रबाट आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । आफ्नै खेतबारीमा श्रम गरेर प्रशस्त रुपमा आयआर्जन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । अबका दिनमा कृषि क्षेत्रलाई कसरी अगाडि लैजाने बिषयमा बृहत रुपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । कृषिका लागि बजेट छुट्याएको भएपनि सहि स्थानमा लगानी गर्न नसकेको […]

Continue Reading

नगर स्वास्थ्य केन्द्र स्थापना

लमही, १७ बैशाख । लमही नगरपालिका वडा नम्बर–७ बन्गैमा नगर स्वास्थ्य केन्द्र स्थापना भएको छ । नागरिकलाई स्वास्थ्यको सहज पहुँचको लागि नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसी लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले स्वास्थ्य केन्द्रलाई आगामी दिनमा एमविविएस डाक्टर सहितको ग्रामीणस्तरबाटै सेवा दिने नगरपालिकाले प्रयास गर्ने बताए । उद्घाटन कार्यक्रममा लमही नगरपालिका […]

Continue Reading

एउटा जरूवाको भरमा पाँच गाउँ

गर्मीसँगै पानीको हाहाकार … तुलसीपुर, १६ बैशाख । गर्मी चर्किदै गर्दा पानीको हाहाकार पनि बढ्दै गएको छ । तुलसीपुरका ग्रामीण बस्तीहरुमा अहिले खानेपानीको हाहाकार हुँदा स्थानीयहरु समस्यामा रहेका छन् । बैशाख महिना लाग्दै गर्दादेखिको पानी समस्याले गाउँलेहरु हैरानी भएको स्थानीयहरुले बताएका छन् । बढ्दो गर्मीले पानीका मुहान र जरुवा सुक्न थालेपछि पानी बनेको स्थानमा वरपरका गाउँलेहरु एकै स्थानबाट पानीको […]

Continue Reading

शैक्षिक सुधारको वर्ष

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा श्री गोरक्ष रत्ननाथ मावि घोराही–१७ चौघेरा, दाङका प्रधानाध्यापक सेमलाल मल्ल सँग गरिएको कुराकानीको सारसंक्षेप । विद्यार्थीहरुले […]

Continue Reading

आशीर्वादका तीन नयाँ उत्पादन बजारमा

दाङ, १६ बैशाख । पश्चिम नेपालमा स्थापना भएको आशीर्वाद पेन्ट्स प्रालिले आफ्नो नयाँ तीन उत्पादन बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका लागि थप तीनवटा ब्राण्डका नयाँ उत्पादन बजारमा ल्याएको उद्योगले सार्वजनिक गरेको छ । विगतका कम्पनीले उत्पादन गरेका रङहरुले उपभोक्ताहरु खुशी भएको भन्दै नयाँ उत्पादनले पनि उपभोक्तालाई सन्तुष्टि र खुशी बनाउने आशीर्वाद पेन्ट उद्योग प्रालिका […]

Continue Reading