- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरट्राफिक बोर्ड स्थापना

ट्राफिक बोर्ड स्थापना

- Advertisement -spot_img

देउखुरी, १३ चैत । देउखुरी उद्योग वाणिज्य संघले लमही घोराही सडकखण्डको विभिन्न मोडहरुमा ट्राफिक सचेतनाका बोर्ड स्थापना छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवर र उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठसहित वाणिज्य संघका पदाधिकारीको उपस्थितिमा ति बोर्डहरु स्थापना गरिएको हो ।
लमही–घोराही सडकखण्ड दुर्घटना हुने स्थान भन्दै त्यस क्षेत्रमा सूचनामूलक बोर्ड स्थापना हो । मंगलबार उक्त सडकखण्डमा अत्याधिक सवारी दुर्घटना हुन् थालेपछि देउखुरी उद्योग वाणिज्य संघले ट्राफिक प्रहरी कार्यालयसँग सहकार्य गरेर बोर्ड स्थापना गरिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । दैनिक हजारौ सवारी साधनहरु आवतजावत गर्ने यो सडक अत्यन्तै व्यस्त र साँघुरो छ ।
अप्ठेरो घुम्ती भएका कारण पनि दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले बताए । करिब बिस हजारको लागतमा सातवटा बोर्डहरु निर्माण गरिएको महासचिव कमल जंगसिंह ठकुरीले जानकारी दिए ।
देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोदकुमार पाण्डे, महासचिव कमल जंगसिंह ठकुरी, सदस्य बसन्त भण्डारी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसी, लगायतको उपस्थितिमा ति बोर्डहरु स्थापना गरिएको होे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here