- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरथारु समुदायको ‘ढुरहेरी’

थारु समुदायको ‘ढुरहेरी’

- Advertisement -spot_img

नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाँका विभिन्न जातजातिले प्राचिन कालदेखि आ–आफ्नो कला, संस्कृति, चाडपर्व, भेषभूषामा रमाउँदै आएका छन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हुन् । उनीहरुको आफ्नै किसिमको संस्कृति, रहनसहन, लवाई–खवाई, बोलीचाली र चाडपर्व मनाउँदै आएका छन् ।
प्रकृतिसँग अति नजिक रहेका थारु समुदाय संस्कृतिको हिसाबले नेपालमा सबैभन्दा धनी रुपमा चिनाउने गर्दछन् । थारु समुदायको हरेक महिनामा कुनै न कुनै चाडपर्व जोडिएको हुन्छ अर्थात् मनाइरहेका छन् । यी चाडपर्वमध्ये थारु समुदायको ‘ढुरहेरी’ पनि एक महङ्खवपूर्ण चाडपर्व हो । अरु पर्वजस्तै यो पर्वमा पनि थारु समुदायले धुमधामसँग मनाउँदै आएका छन् । थारु समुदायको ‘ढुरहेरी’ पर्व वैदिक एवं पौराणिक परम्परासँग जोडिएको पाइन्छ ।
‘ढुरहेरी’लाई अर्काे शब्दमा थारु भाषामा ‘फगुवा’ पनि भनिन्छ भने नेपालीमा ‘ढुरहेरी’लाई होली भन्ने गरिन्छ । होली भन्ने वित्तिकै होलीमा भव्यरुपमा एकअर्कालाई अबिर लगाउने, अबिर खेल्ने, रंग छर्ने मात्र बुझिन्छ । तर, थारु समुदायमा एकदमै फरक पाइन्छ । ढुरहेरी अर्थात् होलीमा एकअर्कालाई अविर लगाउने होली खेल्ने त हुन्छ नै यसमा थारु समुदायको आफ्नौ छुट्टै खालको सस्कृतिसँग जोडिएको हुन्छ ।
खासगरी पूजापाठमा विश्वास गर्ने थारु समुदाय ढुरहेरी अर्थात होलीको दिन भुह्यार थानमा भव्यरुपमा पूजापाठ गर्ने गर्दछन् । ढुरहेरी पर्वको अगाडिको दिन बिहानै गाउँभरिका गरढु¥या (घरको मुली) हरु महटावाको घरमा जम्मा हुने गर्दछन् । त्यहाँ जम्मा भइसकेपछि ढुरहेरीलाई कसरी भब्यरुपमा मनाउने के गर्ने, कसरी गर्ने, के नगर्ने ? त्यहाँ ब्यापक छलफल हुन्छ ।
त्यहि छलफल अनुसार कामको जिम्मेवारी पनि बाँडफाँड गर्दछन् । यसरी जिम्मेवारी बाँडफाँड भएपछि महटावाको निर्देशन अनुसार गाउँका सवै गरढु¥याहरु आ–आफ्नो काममा लाग्ने गर्दछन् । कोहीले पूजापाठको लागि केहि रकम उठाउने र कोहिले पूजा पाठको लागि चल्ला संकलन गर्ने, तेल पेलाउने, पिठो पिसाउनेलगायत तयारी गरिन्छ ।
यसरी सबै तयारी भइसकेपछि ढुरहेरीको दिन बिहानै केहि पनि नखाएर नुहाइढुहाई गरी केही गरढ¥याहरु पूजापाठ गर्नको लाग ‘गन्यारी’ भन्ने काठबाट आगो निकाल्ने काम गर्दछन् । यसरी ‘गन्यारी’बाट आगो निकाली सकेपछि ‘झझ्रा’ रोटी पकाउने गरिन्छ । उता कोहि गरढु¥याहरु भुह्यार थानको सरसफाईमा जुटेका हुन्छन् भने कोहि सिमल रुखको हाँगा काटी पूजा गर्नको लागि ठूलो बारीको बीचमा झण्डा जस्तै गाड्ने गर्दछन् ।
यो दिन थारु गाउँमा निकै चहलपहल हुन्छ । उता पालैपालो होली पनि खेल्ने निरन्तरता रहिरन्छ यी सबै काम सकेपछि बेलुका ४ बजेतिर भुह्यार थानमा पूजापाठ गर्ने गरिन्छ । चल्लाको बली दिइन्छ, तेलमा पकाएको ‘झझ्रा’ रोटी चढाइन्छ ।
यो कार्य सकेपछि माथि उल्लेख गरेअनुसार जहाँ बारीमा सिमलको हाँगा गाडिएको हुन्छ, त्यहाँ गाउँभरिका प्रत्येक घरबाट एक÷एकजना गरढु¥या अर्थात घरको केही एकजना बाल्टिन या कुनै एउटा भाडा र ‘गुइठा’ भन्ने चिज लिएर ‘लौव आगी’ नयाँ आगो लिन आएका हुन्छन् ।
भुह्यार थानमा पूजापाठ सकेपछि मुख्य ‘गु¥वा’ पूजारीले त्यहि बारीमा गाडेको सिमलको रुखमा पूजा पाठ गर्छन, सिमलको हरेक हाँगामा ‘झझ्रा’ रोटी टंगाउँछन र ३ देखी ५ चोटी त्यहि सिमलको रुखलाई घुम्दै जल र आगोले पूजा गर्छन् । यसरी पूजा गरिसकेपछि त्यहाँ केही आगो बलिरहेको हुन्छ  । त्यहि आगोमा गाउँभरिका मानिसहरुले लठ्ठीमा ‘गूइठा’ टंग्याएर आगो सल्काउँछन् ।
त्यहि आगो लिएर सबै आ–आफ्नो घरमा लग्ने गर्दछन् । त्यहि आगोबाट आफना्े देविदेवता रहेको कोठामा माटोको भाडामा बत्ती बल्ने चलन छ । यो बत्ती बालेपछि मनमा शान्ति, समृद्धि हुने थारु समुदायमा विश्वास छ । यो आगो लिनको लागि थारु समुदायमा घुइँचो लागेको हुन्छ ।
ढुरहेरीको दिन यो आगो न लग्दासम्म घरमा खानपिन पनि पाक्दैन । किनकी सबैलै ‘लौव आगी’ नयाँ आगोले खाना पकाएपछि मिठो, हुने बिरामी नपर्ने, शान्ति हुने थारु समुदायमा विश्वास छ । थारु समुदायमा भान्साकोठामा चुलोको छेउमा बर्षभरि आगो राख्ने चलन छ । जुन आगो राख्ने ठाउँलाई थारु भाषामा ‘कर्सी’ भनिन्छ ।
यो ‘कर्सी’ चुलोको अगाडिको भागमा सानो खाल्डो खनेको हुन्छ, त्यहि खाल्डोमा सधैभरि आगो राखेको हुन्छ । त्यहि आगो ढुरहेरीको बिहान पल्ट फालिन्छ । नयाँ आगो राख्नको लागि त्यहाँ लिपपोट गरिन्छ । त्यहि ठाउँमा नयाँ आगो राखिन्छ ।
यो आगो अर्काे वर्षको ‘ढुरहेरी’ होली नआउँदासम्म राख्ने चलन छ । कार्य सकेपछि सवै गरढु¥याहरु रातिसम्म प्रत्येक घर–घरमा गई होली खेल्ने होलीको शुकामाना आदानप्रदान गर्ने गर्दछन् । आफूभन्दा ठूलालाई अबिर लगाई सकेपछि ढोग, सेवा लिने चलन हुन्छ । सानालाई माया गर्ने गर्दछन् । होली खेल्ने बेला विभिन्न होलीको गीत पनि गाइने चलन छ । जस्तै होलीमा गाइने गीतका केही शब्द यस्तो छ ।
उरी, उरी भौरा टिकुलीपर बैठे
टिकुली पकर रसा लेवैं
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
बाबा रे मोरे लग घोर्वा
बेसाइ दे
मैं चली जैबु, राज दरबारे
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
यता गाउँभरिको बालबालिकाहरुले हातमा घण्टा लिएर जम्मा हुने गर्दछन् । जब झमक्क रात पर्छ त्यहिबेला गाउँभरिका बालबालिकाहरु हातमा घण्टा बजाउँदै राम्रो नराम्रो शब्द प्रयोग गर्दै गाउँको वरिपरि परिक्रम गर्छन् । परिक्रम गर्नेबेला ‘हमार गाउँ छावा–छावा, और गाउँ छाई–छाई’ हाम्रो गाउँमा छोरा–छोरा जन्मुन्, अरुको गाउँमा छोरी मात्रै ।
यस्तै हाम्रो गाउँ सबैभन्दा प्यारो फलानो गाउँ खत्तम, यस्तै यस्तै नारा लगाउँछन् । त्यसैगरी फोहोर अश्लिल शब्द प्रयोग गरी अरु गाउँलाई गाली गर्ने गर्दछन् । यसरी गाउँको परिक्रम गरिसकेपछि गाउँको दक्षिणबाट रहेको घरबाट या महटावाको घरबाट बालबालिकाहरु रातिको होली खेल्दै घण्टा बजाउँदै घर–घरमा पुग्छन् ।
त्यहिबेला घरको मानिसहरुले बालबालिकामाथि बाल्टीमा रहेको फोहर पानी, अविर, रंग, हिलो घरमा जे छ त्यही खन्याइ दिन्छन् । त्यसपछि त्यहि बालबालकाहरुले घरका मानिसहरुलाई मुखमा जे आउँछ त्यहि शब्दबाट नानाथरि फोहर–फोहर शब्दले गाली गर्ने, घरका मान्छेलाई थुक्ने गर्दछन् ।
अघिपछि त्यस्तो गर्न नमिलेपनि होलीमा पनि जथाभावी गाली गरे पनि घरकाले केहि मान्दैनन् । अझ उनीहरुलाई कसरी रिसिइबी गर्ने त्यहि खालको पदार्थहरु जिउमाथि खन्याइदिन्छन् । ती बालबालिकाहरुले पनि ती पदार्थ प्रयोग गरे पनि केहि मान्दैन रमाइलो मान्छन् यद्यपि त्यसको बदला उनीहरुल पनि तयारीसहित केहि न केहि लिएर गएका हुन्छन्, त्यो नभए जथाभावी गालीगलौज गर्ने गर्दछन् ।
यसरी ढुरहेरी खेलिसकेपछि ढुरहेरीको दोस्रो दिन त्यहि बालिबालिकाहरुले प्रत्येकको घरबाट सवैभन्दा ठूला घण्टाले चामल, नुन, तेल, अन्य तरकारी, आलु उठाउने गर्दछन् । नजिकैको जंगलमा गएर बालबालिकाहरु वनभोज खान जाने गर्दछन् । त्यहि वनभोजमा गाउँका युवा, अन्य जान्नेमान्ने, भलाद्मी, गु¥वा, महटावाहरुलाई सहभागी गराउँछन् रमाइलो गर्दै होलीलाई बिदाइ गर्दछन् । यही ढुरहेरी पर्व मनाईसकेपछि थारु समुदायमा ‘फगुइ’ पूजा पुज्ने सुरुबाट हुन्छ । ढुरहेरी पर्व नमान्दासम्म फगुई पूजा गर्न मिल्दैन ।
ढुरहेरीको केही सकारात्मक पक्ष भए तापनि केही नकारात्मक पक्ष पनि छन् । जस्तै नकारात्मक पक्ष फोहर शब्द प्रयोग गर्ने, फोहर पदार्थहरु बालबालिकामाथि खन्याउने, जाँड रक्सी बढी खाने होहल्ला गर्ने आदि । यसको सकारात्मक पक्ष पनि छन् । जस्तै बर्ष दिनमा भेटघाट नभएका दाजुभाइहरुसँग भेट हुने, रमाइलो गर्ने, सद्भाव गर्ने, पूर्खाहरुको संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने राम्रो पक्ष हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here