प्रियसी
वृक्ष तनभरी लहरा झुलेझैँ झुलिकन
एकलठ्ठ तिम्रो हृदयभावमा भुलिकन
मेरा मनका आवेगहरु म सबै कहुला
तिमी राख, लुकाऊ या टुक्राउ म सब् सहुला
ढकमक्क फूलहरु पूmलेको त्यो बगानमा
भूली सब रस चुसी लठ्ठ हुने त्यो भाणमा
प्यासी भँमरा जसरी म भुनभुनाई रहुँला
तिम्रा ती मन संगीत म गुन्गुनाई रहुँला
लठ्ठ भै बस्यो प्रित आहा त्यो कोकिल बोलीमा
लौ म त लिई आए फगत माया यो झोलीमा
आज अन्तरङ्गमा बडा खुलदुली बढेछ
अहो ! मलाई ऐले यो आई जवानी चढेछ
उड्यो रुई झैँ बादल बतासुले कै लिदैछ
आकाश, धर्ती अनि प्रकृति खुब सिंगारिदैछ
स्वार्गीय आनन्दमा निदाई देखौली सपना
अनी छरिन्छ जताततै प्रेममय वासना
तुलसीपुर–१२ रझेना, दाङ
Stay Connected
Must Read