अलि नजिक आए पुग्छ, जाने बेलामा
बिदाईको हात हल्लाए पुग्छ, जाने बेलामा
धेरै चाहाँ छैन मलाई थोरै मुस्कुराउनु
मलाई त्यक्ति भए पुग्छ, जाने बेलामा
रसाउलान आँखाहरु, हेर्नु कसोरी
नजर थोरै उठाए पुग्छ, जाने बेलामा
मुटु चिरी देखाउ माया, अहँ कैले भनिन्
आफ्नै आभाष दिलाए पुग्छ, जाने बेलामा
के थाहा म फेरी, आउँछु आउँदिन
म छु आउनुस्, है भनि सम्झाए पुग्छ, जाने बेलामा
तुलसीपुर–१२, रझेना, दाङ
Stay Connected
Must Read