Saturday, March 15, 2025
Homeसाहित्यतीन हाईकु

तीन हाईकु

- Advertisement -spot_img

 

देवी प्याकुरेल

१.
आज उधारो
मायाको पसलमा
भोलि नगद
२.
हातमा धुप
पुरानो दरबार
शक्तिको पूजा
३.
जेठो छोराले
राहदानी बनायो
कठै स्नातक

गजल

एउटा पात झरेर गयो ।
नदीले पुल तरेर गयो ।
रात लामो हुन्छ निंद नआउँदा
सुन्दर दृश्य ओझेल परेर गयो ।
रुप रंग भन्दा सुन्दर हुन्छ प्रेम
एक्लै हिड्ने शरीर मरेर गयो ।
विष लाग्दैन हातमा, घाउ छैन भने
उत्तम गुणको शिल सरेर गयो ।
सुन्दर एकै शब्द काफी छ देवीलाई
अमर छ जसले ज्ञान छरेर गयो ।
सुनसरी, हालः देउखुरी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here