Saturday, March 15, 2025
Homeसाहित्यलेखक संघले स्रष्टालाई सम्मान गर्ने

लेखक संघले स्रष्टालाई सम्मान गर्ने

- Advertisement -spot_img

घोराही, २१ माघ । लेखक संघ दाङले एक दर्जन बढी साहित्यकारलाई पुरस्कृत गर्ने जनाएको छ । संघको आइतबार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । संघले दिएको जानकारी अनुसार बमशंकर साहित्य पुरस्कार डिल्लीराज शर्मा, नन्दप्रज्ञा प्रतिभा पुरस्कार डा. गणेश पाण्डेय, मञ्जु राणा स्मृति साहित्य पुरस्कार सिर्जना शर्मा, शारदा लोहनी साहित्य पुरस्कार देबेन्द्र बस्नेत, तोयाराम ईश्वरादेवी साहित्य संस्कृति पुरस्कार स्व. डा. घनश्याम डाँगी, पण्डित कपिलमणि शिवाकोटी विद्या साधना सम्मान साहित्य पुरस्कार काशीराज पोख्रेललाई पुरस्कृत गर्ने निर्णय भएको छ ।
यस्तै हरिकला नन्द प्रतिभा पुरस्कार यम रेग्मी, धनवाला साहित्य संगीत पुरस्कार, अमर विक, फर्साराम धनकुमारी साहित्य पुरस्कार चन्द्र शर्मा, नित्यानन्द शर्मा साहित्य पुरस्कार डा. शिवकुमार सुवेदी, अंशुकाव्य अशोक सुभद्रा काव्य पुरस्कार किरण आचार्य, दुर्गाचित्र प्रज्ञा पुरस्कार इन्द्रराज पौडेल, मेघलक्ष्मी प्रज्ञा पुरस्कार सुमन पोख्रेल, डिबुलाल डोङ्ली थारु साहित्य पुरस्कार सोमप्रसाद चौधरी र जग्गादाता शंकरप्रसाद गौतमलाई सम्मान गरिने निर्णय भएको छ । प्रतिभा छनोट समितिका डा. हिमलाल पन्थी, डा. बाबुराम आचार्य, शंकर पौडेलको समितिले साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो । यस्तै फागुन ७ गते हुने साधारणसभा सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । बैठकले पिताम्वर रिजालको संयोजकत्वमा प्रचारप्रसार, हरिप्रसाद पाण्डेको संयोजकत्वमा ब्याच, व्यानर, भूपेन्द्र सुवेदीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । साधारणसभामा साहित्यकारलाई सम्मान तथा पुरस्कार वितरण गरिने जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here