Friday, February 7, 2025
Homeमनोरञ्जनजिल्लास्तरीय चित्रकला प्रतियोगिता

जिल्लास्तरीय चित्रकला प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २० माघ । नेशनल प्याब्सनको आयोजनामा शुक्रबार तुलसीपुरमा चित्रकला प्रतियोगिता भएको छ । नेशनल प्याब्सन दाङको आयोजना तथा कमर्सियल आर्ट एसोसिएसन दाङको प्रायोजनमा चित्रकला प्रतियोगिता भएको थियो । नेशनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको प्रमुख आतिथ्यता चित्रकार बिष्णु पोखरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम जिल्ला सचिव ठाकुर डाँगीले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक एवं नेशनल प्याब्सन जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेशनल प्याब्सनमा आवद्ध दुई दर्जन विद्यालयका छात्रछात्राहरुले भाग लिएका थिए ।
जसमा डिभाईन टेम्पल एकेडेमी तुलसीपुर–६ का छात्रा सरस्वती पुन प्रथम, पिपुल्स ल्याण्ड एकेडेमी, बबई गापा हापुरेका सिमा कडेल द्वितीय र पिपुल्स ल्याण्ड स्कुल कै प्रदिप घर्तीमगर तृतीय र राप्ती बाल एकेडेमी तुलसीपुर–६ गाइडर का कृति डाँगी सान्त्वना भएका छन् । महिला हिंसा र समाधानका उपाय बिषयक चित्रकला प्रतियोगितामा बोल्दै उपप्रमुख माया शर्माले महिला हिंसा जरैदेखि अन्त्य गर्न हामी सबै लाग्नुपर्ने बताइन् । उप्रमुखले उपमहानगरपालिका निजी विद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको र आफूले सबैको सहयोग प्राप्त गर्नेमा विश्वस्त भएको पनि बताए । उपप्रमुख शर्माले महिला हिंसा घर र समाजबाटै हुने भएकोले शिक्षाको माध्यमबाट महिलाले हिंसाको अन्त्य गर्नुपर्ने बताइन् । कार्यक्रममा दंगीशरण गापा शिक्षा समिति सदस्य नारायण शर्मा, नेशनल प्याब्सन जिल्ला सदस्य हिरा केसी, क्यानका केन्द्रीय सदस्य लेखराज गिरीलगायतले मन्तव्य ब्यक्त गरेका थिए । डिभाईन टेम्पल एकेडमीका छात्रछात्राहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । चित्रकार बिष्णु पोख्रेलको टिमले निर्णयको भूमिका खेलेको थियो । उक्त कार्यक्रममा अतिथिहरुलाई सन्दिप आर्टका चित्रकार सन्दिप चौधरीद्वारा निर्माण गरिएका पेन्टिङबाट र कलाकार र चित्रकारलाई कदरपत्रले सम्मान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here